२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेन संकट : रूसी सेनाद्वारा कीभ, मारिउपोल, खार्किभ, सुमीमा युद्धविराम घोषणा



फाईल फोटो
अ+ अ-

मस्को (रूस) । रूसी सशस्त्र सेनाले युक्रेनको राजधानी कीभ, मारिउपोल, खार्किभ, सुमी शहरहरू छोड्नका लागि बिहान १०:०० बजे (०७०० GMT) देखि युद्धविराम घोषणा गरेको छ। सो कुरा विभिन्न सञ्चार माध्यमले सोमबार युक्रेनमा मानवीय प्रतिक्रियाका लागि अन्तरविभागीय समन्वय मुख्यालयलाई उद्धृत गर्दै उल्लेख गरेका छन् ।

"विपत्तिजनक मानवीय अवस्था" र कीभ, खार्किभ, सुमी र मारिउपोल शहरहरूमा यसको तीव्र उग्रतालाई ध्यानमा राख्दै, साथै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गर्नुभएको व्यक्तिगत अनुरोधमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसी सशस्त्र सेनालाई मानवीय उद्देश्यका लागि युद्धविराम घोषणा गर्न निर्देशन दिनुभएको हो। 

यसै बीच संयुक्त राष्ट्र संघ, ओएससीई, आईसीआरसी र अन्य अन्तरराष्ट्रिय संस्थाका सान्दर्भिक संरचनाहरूलाई सञ्चारमाध्यमलगायत सबै उपलब्ध सूचना स्रोतहरूमार्फत जानकारी गराइएको छ।

''हामी माग गर्दछौं कि युक्रेनी पक्षले उल्लिखित दिशाहरूमा मानवीय कोरिडोरहरू सिर्जना गर्नका लागि सबै शर्तहरू कडाइका साथ पूरा गर्न र नागरिक र विदेशी नागरिकहरूको संगठित दस्ता फिर्ता सुनिश्चित गर्नुपर्दछ," स्पुतनिकले जनाएको छ। (रासस-एएनआई-स्पुतनिक)