५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

यमनमा एक महिला पत्रकार र उनका नवजात शिशुको हत्या

यमनमा एक महिला पत्रकार र उनका नवजात शिशुको हत्या
अ+ अ-

आदेन । यमनको दक्षिणी सहर आदेनमा एकजना महिला पत्रकारको हत्या भएको छ । बम विस्फोट गराएर उनको हत्या गरिएको छ भने उनका नवजात शिशुको पनि ज्यान गएको छ । आदेनमा मंगलबार ती महिलाको हत्या गरिएको एकजना सुरक्षा निकायका अधिकारीले आफ्नो नाम नबताउने शर्तमा जानकारी दिएका छन् । 

उनका अनुसार आदेनमा रहेको उनको घरबाट निस्केपछि उनीहरुको कारमा बम विस्फोट गराइएको थियो । त्यस क्रममा भएको विस्फोटमा परी ती महिला पत्रकार र उनका शिशुको ज्यान गएको छ भने उनका श्रीमान् घाइते भएका छन् । उनीहरुको यात्राका क्रममा गुडिरहेको कारमा नै बम विस्फोट गराइएको थियो । उनका श्रीमान् पनि पत्रकार हुन् ।

बम विस्फोटबाट महिला पत्रकार रासा अब्दुल्लाह र उनका नजजात शिशुको ज्यान गएको छ भने उनका श्रीमान् सख्त घाइते भएका छन् ।घाइते श्रीमानको अवस्था पनि गम्भीर रहेको ती सुरक्षा अधिकारीले जनाएका छन् । उनी एक स्थानीय टेलिभिजनका पत्रकार हुन् । यहाँको प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रारम्भिक रुपमा गरिएको अनुुसन्धानबाट उनीहरुको रोकी राखेको कारमा बम राखेको र पछि कार गुडेपछि रिमोर्ट कन्ट्रोलको सहायताले विस्फोट गराएको अनुमान गरिएको छ । 

यस विस्फोटको जिम्मा अहिलेसम्म कुनै व्यक्ति या समूहले लिएको छैन । प्रहरीले हत्याराहरुको खोजी गरिरहेको बताएको छ । प्रहरीले यसमा आतंककारी समूहको हात रहेको अनुमान गरेको छ । (रासस-सिन्ह्वा)