काठमाडौँ । महानायक राजेश हमाल यतिबेला दुबईमा छन् । महानायक हमालले आफु र आफ्नो श्रीमतीको दुवई घुमफिरको तस्वीरहरु सामाजिक संजाल मार्फत सार्वजनिक गरेका हुन् ।
उनी र उनको श्रीमती मधु नोभेम्बर ४ मा दुबई पुगेका थिए । उनीहरुले यस वर्षको तिहार लगायत मधुको जन्मदिन पनि दुवईमा नै मनाए । उनीहरु एकसाताको छुट्टि पछि नेपाल फर्किने भएका छन् । महानायक हमालले दुबईको अन्तिम दिन भन्दै यो समाचार तयार गर्दा दुई घण्ट अघि फेसबुकमा तस्वीरहरु पोस्ट्याएका छन् ।
















