१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति

मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै

मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
अ अ+ अ-

मुस्ताङ। मुस्ताङको स्याङ र मार्फा खोलामा आजदेखि नदी उकास घटाउन थालिएको छ ।

कोरलानाका जोड्ने स्याङ खोला पुलमा बर्सेनि नदी उकास बढ्न थालेपछि पुल, बस्ती र खेतीयोग्य जमिन जोखिममा पर्न थालेसँगै स्याङ खोलामा नदी नियन्त्रणका लागि उकास घटाउने काम सुरु गरिएको हो ।

संरक्षण क्षेत्र व्यवस्थापन समिति (मार्फा)को पहलमा घरपझोङ गाउँपालिका-३ स्थित स्याङ खोलामा च्यानालिङ (उकास घटाउने काम) थालिएको हो ।

संरक्षण व्यवस्थापन समिति (मार्फा)ले चालु आर्थिक वर्ष मार्फा र स्याङ खोलामा नदी नियन्त्रणका लागि रु एक÷एक लाख बजेट विनियोजन गरिएपछि उक्त स्थानमा नदी उकास घटाउन च्यानालिङको काम सुरु गरिएको संरक्षण व्यवस्थापन समितिका अध्यक्ष आसबहादुर थकालीले जानकारी दिनुभयो ।

कोरला सडकअन्तर्गत घरपझोङ-२ स्थित मार्फा र घरपझोङ-३ स्याङ खोलामा बर्सेनि नदीजन्य पदार्थ ढुङ्गा, गिटी, बालुवा र ग्रेगान थुप्रिएर नदी उकास बढेकाले पुलको भौतिक संरचना, आसपासका बस्ती र खेतीयोग्य जमिन जोखिममा पर्न थालेको उहाँले उल्लेख गर्नुभयो ।

समितिका अध्यक्ष थकालीका अनुसार स्याङ खोलाको धारलाई नियन्त्रणमा राख्ने उद्देश्यले गरिएको च्यानालिङका लागि संरक्षण क्षेत्र व्यवस्थापन समितिले इन्धनको व्यवस्था गरेको छ भने अमित बिल्डर्स र ङुटुक गुरुङ (टाइगर)ले निःशुल्क दुई वटा स्काभेटर (डोजर) उपलब्ध गराएका छन् । कोरला नाका जोड्ने स्याङ पुल क्षेत्रको तल र माथि गरी करिब ५०० मिटर दूरीमा दुईतर्फी खोलालाई च्यानालिङ गरिएको उहाँले जानकारी दिनुभयो ।

मुस्ताङमा कालीगण्डकी नदी तथा शाखा नदीहरूमा नदीजन्य पदार्थ बर्सेनि थुप्रिँदा यहाँका सडक, पुलपुलेसा, बस्ती र खेतीयोग्य जमिन कटानको उच्च जोखिममा पर्ने गरेका छन् । प्राकृतिक स्रोत ढुङ्गा, गिटी, बालुवाको समुचित उत्खनन तथा व्यवस्थापन नहुँदा कालीगण्डकी नदी र शाखा नदीको जोखिम बढ्दै जान थालेको समितिका अध्यक्ष थकालीले बताउनुभयो ।

पुल, बस्ती र खेतीयोग्य जमिन संरक्षण गर्न घरपझोङ गाउँपालिकाले रु २० लाख बजेट विनियोज गरी नदी नियन्त्रण तथा ग्याविन तटबन्ध निर्माण गरेको वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले जानकारी दिनुभयो । स्याङ खोलामाथि पक्की पुल रहेको स्थानमा एक सय थान ग्याबिन वाल प्रयोग गरी आठ सय मिटर दूरीमा तटबन्ध निर्माण गरिएको उहाँले उल्लेख गर्नुभयो ।

उक्त खोलाको सुरुवाती गहिराई २५ मिटर रहेकामा बर्सेनि नदीजन्य गेग्रान भरिँदा हाल १५ मिटर उकास बढेको वडाध्यक्ष थकालीले जानकारी दिनुभयो । स्याङ र मार्फा खोलामा बर्सेनि आउने बाढीपहिरोका कारण पुलक्षेत्रको नदी उकास बढेको भन्दै यसले मार्फा र स्याङ गाउँका केही बस्ती र खेतीयोग्य जमिन नदी कटानको जोखिममा परेका उहाँले बताउनुभयो ।

कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले कालिगण्डकी नदी तथा शाखा नदीहरूमा नदीजन्य पदार्थको उकास भरिँदा सडक तथा पुलपुलेसा जोखिममा रहेका बताउनुभयो । कोरला सडकअन्तर्गत छुसाङ, पाण्डा, मार्फा, स्याङ खोलालगायत स्थानमा नदी उकासले गर्दा सडक तथा पुल जोखिममा पर्ने गरेका उहाँको भनाइ छ ।

आयोजना प्रमुख शर्माले नदी उकासले जोखिममा परेका सडक तथा पुलपुलेसा रहेका स्थानमा प्रारम्भिक र दीर्घकालीन समाधानका योजना तयार गरी नदी नियन्त्रणसम्बन्धी कार्यक्रम कार्यान्वयनमा ल्याइने बताउनुभयो ।

प्राकृतिक स्रोत ढुङ्गा, गिटी र बालुवाको समुचित व्यवस्थापन गरी नदी उकास घटाउन कानुनी र प्राविधिक जटिलता विद्यमान रहेका उल्लेख गर्दै उहाँले यसबारे सरोकार भएका निकायसँगको समन्वयमा प्राविधिक अध्ययन गरी तत्काल गर्न सकिने र दीर्घकालीन योजना अघि बढाउने लक्ष्य रहेको जानकारी दिनुभयो । रासस