१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति

टेलिकमको बिलिङ मुद्दामा सफाइ

टेलिकमको बिलिङ मुद्दामा सफाइ
अ अ+ अ-

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार सम्झौता (एएमसी) को भ्रष्टाचारको आरोप लागेका १८ जनालाई सफाइ दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले आज नेपाल टेलिकम तथा चिनियाँ आपूर्तिकर्ता एसिया इन्फोसँगको सम्झौता वैध भएको ठहर गर्दै १८ आरोपित सबैलाई सफाइ हुने ठहर गरेको हो ।

अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशकहरू सुनील पौडेल, सङ्गीता पहाडी, तत्कालीन प्रमुख प्राविधिक अधिकृत प्रतिभा वैद्य, तत्कालीन वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ, तत्कालीन प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय र तत्कालीन निर्देशक विनिता श्रेष्ठलाई सफाइ दिएको हो ।

त्यस्तै, तत्कालीन निमित्ति निर्देशक अमूल प्रधान, तत्कालीन प्रबन्धक देवेन्द्र खतिवडा, तत्कालीन उपप्रबन्धकहरू राजीवकुमार केसी, सन्तोषकुमार श्रेष्ठ, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, हेमप्रभा कर्ण र परमात्मा भट्टराई, चिनियाँ कम्पनी एसिया–एन्फो र कर्मचारीहरू अनि नेपाल एजेन्ट अरनिको इन्टरनेशनलका शैलेश श्रेष्ठलगायतले पनि सफाइ पाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार ठेक्कामा अनियमितता गरेको आरोपमा रु ३३ करोड ४८ लाख अनियमितता गरेको आरोपममा मुद्दा दायर गरेको थियो । अदालतले दुई पक्षबीचको मूल सम्झौतामा नै वार्षिक मर्मतसम्भार शुल्क हेरफेर हुनसक्ने भनेको वार्ता र छलफलबाट रकम तय गर्न सकिने बाटो दिएको भन्दै विशेष अदालतले अरू शर्तहरू तय गर्न मूल सम्झौताले रोक नलगाएको ठहर गरेको हो ।

फैसलामा भनिएको छ, “सम्झौता गर्नुबाहेक तत्काल नेपाल टेलिकमसँग अर्को विकल्प रहेको अवस्था पनि देखिँदैन, तसर्थ, नेपाल टेलिकमसम्बद्ध पदाधिकारीहरुले बद्नियत चिताइ नेपाल टेलिकमको हितविपरीत काम गरेको व्यक्तिगत लाभ लिएको भन्ने अवस्थासमेत देखिएन ।”

फैसलामा बृहत् वार्ता टोलीमा बसी काम गर्ने नेपाल टेलिकमका सम्बद्ध कर्मचारी र सम्झौतामा संलग्न प्रबन्ध निर्देशकलगायत पदाधिकारीहरुले नेपाल टेलिकमलाई गैरकानुनी हानी नोक्सानी पु¥याउने वा आफूलाई लाभ पु¥याउने बद्नियतले काम गरेको मान्न नमिल्ने निश्कर्ष निकालेको छ । साथै, मिलोमतो गरी नेपाल टेलिकमलाई हानि नोक्सानी पु¥याउने बद्नियतले काम गरेकोसमेत भन्ने पुष्टि हुन नसकेको फैसलामा उल्लेख छ ।