१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

काँग्रेसको छानविन समितिले फर्म नभरेकालाई क्रियाशिल सदस्यता दिएपछि रसुवामा विवाद

काँग्रेसको छानविन समितिले फर्म नभरेकालाई क्रियाशिल सदस्यता दिएपछि रसुवामा विवाद
अ अ+ अ-

रसुवा । हिमाली जिल्ला रसुवामा नेपाली काँग्रेसको क्रियाशिल सदस्यता फर्म नभरेकालाई क्रियाशिल सदस्यता प्रदान गरेपछि विवाद बढेको छ । 

पार्टीको १४ औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशिल सदस्यतामा फर्म नभरेका १०० भन्दा बढी व्यक्तिलाई छानविन समितिले सिधै क्रियाशिल सदस्यता दिएपछि विवाद चुलिएको हो । 

वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशिल सदस्यहरुको नामावली काटेर फर्म नै नभरेकालाई सदस्यता प्रदान गरेपछि रसुवाका काँग्रेसी युवाहरु छानविन समितिप्रति आक्रोसित भएका हुन् । 

नेपाली काँग्रेस नौकुण्ड गाउँपालिका–१ रसुवाका वडा सभापति आशिष तामाङले अराजक, अधिनायकवाद, अलोकतान्त्रिक र स्वच्छेचारी ढङ्गले वितरण गरिएको क्रियाशिल सदस्यताले पार्टीप्रति सच्चा, इमान्दार र आस्थावान कार्यकर्ताको मनोवल गिराउने कार्य गरेको बताउनुभयो । 
“वडा समितिबाट सिफारिस गरिएको सच्चा कार्यकर्ताहरुको क्रियाशिल कटौती गर्ने र विधान विपरित गैरकाँग्रेसलाई पनि जबरजस्ती सदस्यता वितरण गर्ने कार्यको घोर भत्र्सना गर्दै क्रियाशिल सदस्यता छानविन निष्पक्ष ढंगले गर्न आग्रह गर्दछु,”–उहाँले भन्नुभयो । 

पार्टीको १४ औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशिल सदस्यतामा एमालेको वडा कमिटिमा रहेकालाई क्रियाशिल सदस्यता वितरण गरिएको काँग्रेस रसुवाले जनाएको छ ।

तिहार अगाडि ७५ जिल्लाको क्रियाशिल सदस्यता विवाद टुङ्गीदा रसुवा र रौतहटको क्रियाशिल सदस्यता टुङ्गीन बाँकी रहेकोमा रसुवाको आईतबार मात्र टुङ्ग्याइएको थियो । 
क्रियाशिल सदस्यता विवाद समाधान समितिले पार्टीभित्रका इमान्दार नेता तथा कार्यकर्ताको मनोवल गिराउने कार्य गरेको भन्दै रसुवा काँग्रेसले आपत्ती जनाएको छ । 

वडा कार्यसमितिबाट सिफारिस गरिएको कार्यकर्ताहरुको क्रियाशिल कटौती गर्ने र विधान विपरित गैरकाँग्रेसलाई  जवरजस्ती सदस्यता वितरण गरिएको भन्दै क्रियाशिल सदस्यता छानविन समितिको आलोचना समेत गरिएको छ ।
छानविन समितिले नेकपा एमालेको वडा कमिटीमा रहेकालाई समेत क्रियाशिल दिएर काँग्रेसकै बेइज्जत गरेको कार्यकर्ताको आरोप छ । क्रियाशिल सदस्यता छानविन निष्पक्ष तरिकाले नगरिए सम्म १४ औँ महाधिवेशनमा भाग नलिने रसुवाका नेता कार्यकर्ता बताउँछन् । 

रसुवामा काँग्रेसको क्रियाशील सदस्यको सङ्ख्या तीन हजार ८५७ पुगेको छ ।