२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ वर्षमाथिका दीर्घरोगीलाई आइतबारदेखि फाइजरको पहिलो डोज



अ+ अ-

सरकारले १२ वर्षमाथिका दीर्घरोगीलाई आइतबारदेखि फाइजरको पहिलो डोज खोप लगाउने भएको छ । ४ मंसिरसम्म सात दिन पहिलो डोज लगाउनेलाई २७ मंसिरदेखि २ पुससम्म दोस्रो डोज दिने तालिका छ ।

गत ८ कात्तिकमा कोभ्याक्स सुविधामार्फत अमेरिकाबाट आएको एक लाख ६ सय २० डोज खोप तोकिएका दीर्घरोगीलाई आइतबारदेखि लगाउन थालिने स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा। सागर दाहालले बताए । उनका अनुसार मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका र जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका बिरामीले फाइजरको खोप पाउनेछन् ।

त्यस्तै, फोक्सोसम्बन्धी रोगको औषधि सेवन गरिरहेका, अंग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका, मस्तिष्क वा मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका र रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीलाई पनि यो खोप लगाइन्छ । यस्ता करिब ४५ हजार नागरिकलाई उक्त खोप दिने गरी योजना बनाइएको छ ।

खोप दिन देशभरका २४ वटा अस्पताल तोकिएको छ । लक्षित दीर्घरोगीले खोप लगाउन जाँदा उपचार गराइरहेको अस्पताल वा चिकित्सकले जारी गरेको उपचारसम्बन्धी पुर्जा अनिवार्य लैजानुपर्ने नियम राखिएको दाहालले बताए । खोप सञ्चालन हुने अस्पतालबाट कम्तीमा दुईजना स्वास्थ्यकर्मी तोकिनेछ । यसअघि कोरोनाविरुद्धको खोप अभियानमै संलग्न स्वास्थ्यकर्मी छनोटमा पर्नेछन् । सम्बन्धित अस्पतालबाट जनशक्ति व्यवस्थापन गर्न असम्भव भए खोपकेन्द्रनजिकको पालिका वा वडा तहको स्वास्थ्य संस्थाबाट एकजना खोप कार्यकर्ता व्यवस्था गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यी २४ अस्पतालमा लगाइन्छ खोप

– गंगालाल हृदयरोग केन्द्र (काठमाडौं)
– शिक्षण अस्पताल (काठमाडौं)
– वीर अस्पताल (काठमाडौं)
– निजामती कर्मचारी अस्पताल (काठमाडौं)
– वीरेन्द्र सैनिक अस्पताल (काठमाडौं)
– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (ललितपुर)
– भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर)
– मानव अंग प्रत्यारोपण केन्द्र (भक्तपुर)
– मेची अञ्चल अस्पताल (भद्रपुर)
– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान)
– कोसी अञ्चल अस्पताल (विराटनगर)
– गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान (राजविराज)
– नारायणी अञ्चल अस्पताल (वीरगन्ज)
– जनकपुर प्रादेशिक अस्पताल (जनकपुर)
– बिपी कोइराला क्यान्सर अस्पताल (भरतपुर)
– धुलिखेल अस्पताल (धुलिखेल)
– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पोखरा)
– धौलागिरि अस्पताल (बाग्लुङ)
– लुम्बिनी प्रादेशिक अस्पताल (बुटवल)
– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ)
– भेरी अस्पताल (नेपालगन्ज)
– कर्णाली प्रदेश अस्पताल (सुर्खेत)
– सेती प्रादेशिक अस्पताल (धनगढी)
– डडेल्धुरा अस्पताल (अमरगढी)

कसले पाउँछन् फाइजरको खोप ?

–  मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका
–  मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका
–  जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका
–  फोक्सोसम्बन्धी रोगको औषधि सेवन गरिरहेका
–  अंग प्रत्यारोपण गरेका
–  उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका
–  रोग प्रतिरोधात्मक क्षमता कम भएका
–  मस्तिष्क वा मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका

(नयाँपत्रिका दैनिकमा समाचार छ)




भर्खरै