४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ सम्पन्न

उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ सम्पन्न
फाईल फोटो
अ+ अ-

काठमाडौँ । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुका आराध्यदेव श्री सूर्यनारायणको भक्तिपूर्वक पूजाअर्चना गरी छठ सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्व बिहीवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको हो ।

उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । गत सोमवारबाट शुरु भएको छठ पर्वमा आराध्यदेव श्री सूर्यको पूजा,अर्चना, उपासना गरी मनाइन्छ । कार्तिक शुक्ल चतुर्थीका दिन नजिकका पोखरी, तलाउ, खोला, नदी वा गंगामा स्नान गरी शुद्ध भएर व्रत शुरु गरिन्छ । व्रतालुले सप्तमीको दिनसम्म, माछा, मासु, लसुन, कोदो, फापर लगायतका शास्त्रमा वर्जित खानेकुहरु बार्ने चलन रहेको छ । विशेष गरेर तराईमा मनाइने छठ पर्व मिथिला क्षेत्रमा भव्यताका साथ मनाइँदै आइएको छ ।

पछिल्लो समय काठमाडौंको गौरीघाट, थापाथली, कमलपोखरी र रानीपोखरीमा मनाइने गरिएको छ । विशेष गरी मनोकांक्षा पूरा हुने विश्वासमा महिलाहरुले निर्जल कठोर व्रत बस्ने गर्दछन् । काठमाडौंका विभिन्न स्थानका नदी किनार तथा पोखरीहरुलाई बेहुलीझैँ सिँगारेर छठ मनाइएको हो ।

पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई गंगा माता र सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मान्ने शास्त्रमा उल्लेख गरिएको छ । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजाआराधना गरेमा चिताएका मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।