• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ सम्पन्न



फाईल फोटो

काठमाडौँ । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुका आराध्यदेव श्री सूर्यनारायणको भक्तिपूर्वक पूजाअर्चना गरी छठ सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्व बिहीवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको हो ।

उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । गत सोमवारबाट शुरु भएको छठ पर्वमा आराध्यदेव श्री सूर्यको पूजा,अर्चना, उपासना गरी मनाइन्छ । कार्तिक शुक्ल चतुर्थीका दिन नजिकका पोखरी, तलाउ, खोला, नदी वा गंगामा स्नान गरी शुद्ध भएर व्रत शुरु गरिन्छ । व्रतालुले सप्तमीको दिनसम्म, माछा, मासु, लसुन, कोदो, फापर लगायतका शास्त्रमा वर्जित खानेकुहरु बार्ने चलन रहेको छ । विशेष गरेर तराईमा मनाइने छठ पर्व मिथिला क्षेत्रमा भव्यताका साथ मनाइँदै आइएको छ ।

पछिल्लो समय काठमाडौंको गौरीघाट, थापाथली, कमलपोखरी र रानीपोखरीमा मनाइने गरिएको छ । विशेष गरी मनोकांक्षा पूरा हुने विश्वासमा महिलाहरुले निर्जल कठोर व्रत बस्ने गर्दछन् । काठमाडौंका विभिन्न स्थानका नदी किनार तथा पोखरीहरुलाई बेहुलीझैँ सिँगारेर छठ मनाइएको हो ।

पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई गंगा माता र सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मान्ने शास्त्रमा उल्लेख गरिएको छ । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजाआराधना गरेमा चिताएका मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।