१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लाको मुख्य प्रशिक्षकमा जेरार्ड नियुक्त



अ+ अ-

एजेन्सी । एस्टन भिल्लाको मुख्य प्रशिक्षकमा स्टेफन जेरार्ड नियुक्त भएका छन् ।

क्लबले जेरार्डलाई साढे तीन वर्षका लागि क्लबको मुख्य प्रशिक्षकको रुपमा भित्र्याएको हो । 

जेरार्डले रेन्जर्सको तीन वर्षको कार्यकाल सकाएर भिल्ला क्लबसँग अनुबन्धन सम्झौता गरेका हुन् ।

लिभरपुलका पूर्व कप्तान समेत रहेका जेरार्डले क्लबमा डायन स्मिथलाई प्रतिस्थापन गर्नेछन् । स्मिथलाई क्लबले गत आईतबार बर्खास्त गरेको थियो ।