१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी विश्वकप क्रिकेटः टस जितेर अस्ट्रेलियाले फिल्डिङ राेज्याे



अ+ अ-

काठमाडौंः अस्ट्रेलियाले पाकिस्तान विरुद्धको टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियाेगिता अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

पाकिस्तान र अस्ट्रेलियाबीच आज टी–२० क्रिकेट विश्वकपको सेमिफाइनल खेल हुँदैछ । यो खेल नेपाली समय अनुसार आज (बिहीबार) साँझ ७ बजेर ४५ मिनेटमा शुरु हुनेछ ।

दुबईमा हुने यो प्रतियोगिता निकै रोचक हुने अनुमान गरिएको छ । दुबै टिममा शसक्त खेलाडीहरु छन् जसले निकै राम्रो ब्याटिङ र बलिङ कला प्रस्तुत गरिरहेका छन् ।

पाकिस्तानले लिग चरणका पाँचै खेल जितेर उपाधि नै जित्ने सम्भावना कायम राखेको छ भने अस्ट्रेलिया भने एक खेल हारेर पनि सेमिफाइनलमा पुगेको छ । लिग चरणमा इङल्यान्डसँग अस्ट्रेलिया पराजित भएको थियो, तर लिगका बाँकी चार खेल अस्ट्रेलियाले जितेको थियो ।

यस प्रतियोगितामा टस पनि निकै महत्वपूर्ण हुने गरेको छ । सामान्यतया टस जितेर पहिले क्षेत्र रक्षण रोजेका टिमहरुले अधिकांश खेल जितेका छन् । गएराति भएको इङल्यान्ड र न्यूजील्यान्डबीचको सेमिफाइनल पनि यस्तै भएको थियो । न्यूजील्यान्डले टस जितेर क्षेत्र रक्षण रोजेको थियो, र खेल पनि उसैले जित्यो ।

अस्ट्रेलियाली टिममा मिचेल मार्स, आरोन फिन्च, डेभिड वार्नरजस्ता शसक्त ब्याट्सम्यान छन् भने पाकिस्तानी टिममा पनि बाबर आजम, मोहम्मद रिजवान चम्किरहेका छन् ।

बलिङतर्फ अस्ट्रेलियाका एडम जाम्पा, जस हेजलउड तथा पाकिस्तानका शाहिन अफरिदी, हसन अलि र ह्यारिस रौफ फर्ममा छन् ।