६ श्रावण २०८३, बुधबार
,
Latest
आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी विश्वकप क्रिकेटः टस जितेर अस्ट्रेलियाले फिल्डिङ राेज्याे



अ+ अ-

काठमाडौंः अस्ट्रेलियाले पाकिस्तान विरुद्धको टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियाेगिता अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

पाकिस्तान र अस्ट्रेलियाबीच आज टी–२० क्रिकेट विश्वकपको सेमिफाइनल खेल हुँदैछ । यो खेल नेपाली समय अनुसार आज (बिहीबार) साँझ ७ बजेर ४५ मिनेटमा शुरु हुनेछ ।

दुबईमा हुने यो प्रतियोगिता निकै रोचक हुने अनुमान गरिएको छ । दुबै टिममा शसक्त खेलाडीहरु छन् जसले निकै राम्रो ब्याटिङ र बलिङ कला प्रस्तुत गरिरहेका छन् ।

पाकिस्तानले लिग चरणका पाँचै खेल जितेर उपाधि नै जित्ने सम्भावना कायम राखेको छ भने अस्ट्रेलिया भने एक खेल हारेर पनि सेमिफाइनलमा पुगेको छ । लिग चरणमा इङल्यान्डसँग अस्ट्रेलिया पराजित भएको थियो, तर लिगका बाँकी चार खेल अस्ट्रेलियाले जितेको थियो ।

यस प्रतियोगितामा टस पनि निकै महत्वपूर्ण हुने गरेको छ । सामान्यतया टस जितेर पहिले क्षेत्र रक्षण रोजेका टिमहरुले अधिकांश खेल जितेका छन् । गएराति भएको इङल्यान्ड र न्यूजील्यान्डबीचको सेमिफाइनल पनि यस्तै भएको थियो । न्यूजील्यान्डले टस जितेर क्षेत्र रक्षण रोजेको थियो, र खेल पनि उसैले जित्यो ।

अस्ट्रेलियाली टिममा मिचेल मार्स, आरोन फिन्च, डेभिड वार्नरजस्ता शसक्त ब्याट्सम्यान छन् भने पाकिस्तानी टिममा पनि बाबर आजम, मोहम्मद रिजवान चम्किरहेका छन् ।

बलिङतर्फ अस्ट्रेलियाका एडम जाम्पा, जस हेजलउड तथा पाकिस्तानका शाहिन अफरिदी, हसन अलि र ह्यारिस रौफ फर्ममा छन् ।