१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-ट्वान्टी विश्वकपः फाइनल पुग्नका लागि पाकिस्तान र अष्ट्रेलिया भिड्दै



अ+ अ-

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल अन्तर्गत आज (बिहीबार) पाकिस्तान र अष्ट्रेलियाले प्रतिस्पर्धा गर्दैछन् ।

दुबईको अबुधाबीमा सो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा उत्कृष्ट लयमा रहेको पाकिस्तानले फाइनल पुग्न अष्ट्रेलियालाई दबाब दिने अनुमान गरिएको छ । पाकिस्तान जारी विश्वकपमा एक मात्र अपराजित टिम रहेकाले आत्मविश्वासका साथ मैदान उत्रनेछ ।

उत्कृष्ट लयमा रहेको पाकिस्तानलाई हराउन अष्ट्रेलियालाई सहज भने हुनेछैन ।

समूह चरणमा अष्ट्रेलियाले इङ्ल्याण्डसँग ८ विकेटको हार ब्यहोर्नुपरेको थियो । त्यस खेल बाहेक अष्ट्रेलियाको प्रर्दशन राम्रो रहेको थियो । 

विजेता टिमले उपाधिका लागि न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । गए राति इङ्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्डले फाइनलमा स्थान बनाइसकेको छ ।