१४ असार २०८३, आईतवार
,
Latest
भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-ट्वान्टी विश्वकपः फाइनल पुग्नका लागि पाकिस्तान र अष्ट्रेलिया भिड्दै



अ+ अ-

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल अन्तर्गत आज (बिहीबार) पाकिस्तान र अष्ट्रेलियाले प्रतिस्पर्धा गर्दैछन् ।

दुबईको अबुधाबीमा सो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा उत्कृष्ट लयमा रहेको पाकिस्तानले फाइनल पुग्न अष्ट्रेलियालाई दबाब दिने अनुमान गरिएको छ । पाकिस्तान जारी विश्वकपमा एक मात्र अपराजित टिम रहेकाले आत्मविश्वासका साथ मैदान उत्रनेछ ।

उत्कृष्ट लयमा रहेको पाकिस्तानलाई हराउन अष्ट्रेलियालाई सहज भने हुनेछैन ।

समूह चरणमा अष्ट्रेलियाले इङ्ल्याण्डसँग ८ विकेटको हार ब्यहोर्नुपरेको थियो । त्यस खेल बाहेक अष्ट्रेलियाको प्रर्दशन राम्रो रहेको थियो । 

विजेता टिमले उपाधिका लागि न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । गए राति इङ्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्डले फाइनलमा स्थान बनाइसकेको छ ।