१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति फेर्ने निर्णय प्रति सम्पूर्ण कर्मचारी असन्तुष्ट, निर्णय नसच्चाए कडा आन्दोलनको चेतावनी



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले  नियम बिपरित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मंगल रावललाई हटाउदै डा. निरेश थापालाई नियुक्ति गरेपछि प्रतिष्ठानका चिकित्सक , नर्स तथा कर्मचारीहरुले बिरोध जनाएका छन् ।

स्वास्थ्यमन्त्री खतिवडाको निर्णयप्रति असन्तुष्टी जनाउँदै उनिहरुले  राजनीतिक दाउपेचम गरिएको निर्णय   तत्काल नसच्चिए कडा संघर्षका कार्यक्रम  गर्ने चेतावनी पनि दिएका छन् । भर्खरै एमबीबीएस, बीएनएस, बी फर्मालगायतका अन्य शैक्षिक कार्यक्रम सञ्चालन हुने अन्तिम चरणमा पुगेका बेला प्रतिष्ठानलाई अगाडि बढ्न नदिन राज्यले नै षड्यन्त्र गरेको उनीहरुले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।  

भर्खरै हुर्कँदै गरेको  संस्थालाई धरासायी बनाउने खेलमा सरकार लागेको भन्दै उनिहरुल्े   यस्ता चलखेलको शिकार प्रतिष्ठानको महत्वकांक्षी बहुवर्षीय आयोजना साथै दैनिक कामकाजहरुमा समेत प्रभावित हुने विज्ञप्तिमा उल्लेख छ । प्रतिष्ठानका ८८ कर्मचारीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ‘यस किसिमका गैर जिम्मेवारीपूर्ण हस्तक्षेप तत्काल बन्द गरी प्रतिष्ठानलाई सही दिशामा अगाडि बढाउन र प्रतिष्ठानलाई थप उचाइमा पुर्‍याउन हुन नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।’

स्बास्थ्यमन्त्री बिरोध खतिवडाले बिहीबार सहकुलपति स्तरको निर्णय गर्दै  डा.निरेश थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिनु भएको छ । थापालाई अर्को व्यवस्था नभएसम्म आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्न अनुमति पनि दिईएको छ । गत चैत २२ गते उपकुलपतिमा नियुक्त हुनु भएका डा.रावलको विषयमा  अदालतमा  मुद्दा दायर भएको भएपनि मुद्दा दायर गर्ने पक्षले फिर्ता लिएका कारण कुनै कानूनी अडचन रहेको थिएन ।