१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा खाली इजलासमा कानूनव्यावसायीको बहस



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै न्यायधीशहरुको बेञ्न बहिष्कार र कानूनव्यावसायीको बिरोधका बिच केही कानून व्यावसायीहरुले खाली ईजलासमा बहस गरेका छन् ।  

प्रधानन्यायधीश राणाले आज आठवटा इजलासमा पेसी तोक्नुभएको थियो । आठ मध्ये चार ओटा ईजलासमा न्यायधीशहरु बेञ्चमा नबसे पनि केही कानूनव्यावसायी हरुले बहस गरेको अधिवक्ता स्वागत नेपालले जानकारी दिनुभयो ।

गत कार्तिक आठ गते सर्वोच्च अदालतमा केही बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई बाहेक अन्यको सुनुवाई भएको छैन ।  

न्याय रोक्न मिल्दैन भन्दै नेपाल सहितका अधिवक्ताहरुले हातमा सेतो पट्टि बाधेर शुक्रबारलाई तोकिएका चारवटा इजलासमा बहस गरेका हुन् ।