१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिजा गौतमलाई ‘उत्कृष्ट मोडल’ अवार्ड प्राप्त



अ+ अ-

काठमाडौं । मोडल एंव अभिनेत्री एलिजा गौतमले उत्कृष्ट मोडल अवार्ड पाएकी छन् । 

उनलाई विराट मिडिया नेटवर्कले ‘आटो पिठो’ गीतबाट उत्कृष्ट मोडल घोषणा गर्दै उक्त अवार्ड प्रदान गरेको हो ।  

विराट मिडिया नेटवर्कको आयोजनामा राजधानीमा बिहीबार साँझ  ‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ सम्पन्न भएको हो । सो समारोहमा विभिन्न विधामा रहेर स्रष्टालाई अवार्ड प्रदान गरिएको थियो । 

अवार्ड प्राप्त गरेपछि गौतमले सामाजिक सञ्जालमा लेख्दै आफू धेरै खुसी भएको र दर्शकको माया र साथको कारण अगाडि बढ्न सकेको उल्लेख गरेकी छन् ।