काठमाडौं । मोडल एंव अभिनेत्री एलिजा गौतमले उत्कृष्ट मोडल अवार्ड पाएकी छन् ।
उनलाई विराट मिडिया नेटवर्कले ‘आटो पिठो’ गीतबाट उत्कृष्ट मोडल घोषणा गर्दै उक्त अवार्ड प्रदान गरेको हो ।
विराट मिडिया नेटवर्कको आयोजनामा राजधानीमा बिहीबार साँझ ‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ सम्पन्न भएको हो । सो समारोहमा विभिन्न विधामा रहेर स्रष्टालाई अवार्ड प्रदान गरिएको थियो ।
अवार्ड प्राप्त गरेपछि गौतमले सामाजिक सञ्जालमा लेख्दै आफू धेरै खुसी भएको र दर्शकको माया र साथको कारण अगाडि बढ्न सकेको उल्लेख गरेकी छन् ।