२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायपालिकामा देखिएको विवादमा प्रधानमन्त्री मौन नै रहने !



अ+ अ-

काठमाडौ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमा  देखिएको समस्या त्यहीँ भित्रबाट निकास खोज्नु पर्ने बताउनु भएको छ ।  

न्यायालयको पछिल्लो अवस्थाका बारेमा गृहमन्त्री बालकृष्ण खाँण, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू र महान्यायाधीवक्ता खम्मबहादुर खातीसँग बिफ्रिङ लिँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘सर्वोच्चमा सधैं यसखाले समस्या राखिराख्नु भएन । प्रधानन्यायाधीश, न्यायाधीश र नेपाल बारले पनि सोच्नुपर्‍यो। उनीहरू बसेर समस्याको समाधान निकाल्नुपर्‍यो।'

उहाँहरुसँग भएको छलफलबारे बालुवाटार स्रोतले भन्यो,  'प्रधानमन्त्री देउवा न्यायालयभित्र देखिएको विवादका विषयमा प्रवेश गर्न चाहनु हुन्न, उहाँ यो विषय न्यायालयबाट नै छिनोफानो होस् भन्ने पक्षमा हुनुहुन्छ ।'

आफू निकट र सहयोग गरेका कानून व्यसायीहरुले आन्दोलनको नेतृत्व  गर्दै सडकमा आएको अवस्थामा प्रधानमन्त्री देउवा यो विषयमा मौन न बस्ने रणनीतिमा देखिनु भएको छ ।  स्रोतले भन्यो, कार्यपालिकाबाट न्यायालयमा हस्तक्षेप गर्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्न ।

यता आन्दोलनलाई आक्रामक बनाउँदै गएका कानून व्यवसायीहरुले आइतबार पनि प्रधान न्यायाधीशलाई सर्वाेच्च अदालत प्रवेशमा अवरोध गर्ने भएका छन् ।