१६ आश्विन २०८१, बुधबार
,
Latest
प्रस्तावित प्रधानन्यायाधीश राउतको आज संसदीय सुनुवाइ हुँदै अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ? जलविद्युत् आयोजनामा बाढीको कहर, ११ सय मेगावाट विद्युत् प्रणाली बाहिर आर्सनलले पिएसजीलाई हरायो प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायपालिकामा देखिएको विवादमा प्रधानमन्त्री मौन नै रहने !



अ+ अ-

काठमाडौ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमा  देखिएको समस्या त्यहीँ भित्रबाट निकास खोज्नु पर्ने बताउनु भएको छ ।  

न्यायालयको पछिल्लो अवस्थाका बारेमा गृहमन्त्री बालकृष्ण खाँण, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू र महान्यायाधीवक्ता खम्मबहादुर खातीसँग बिफ्रिङ लिँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘सर्वोच्चमा सधैं यसखाले समस्या राखिराख्नु भएन । प्रधानन्यायाधीश, न्यायाधीश र नेपाल बारले पनि सोच्नुपर्‍यो। उनीहरू बसेर समस्याको समाधान निकाल्नुपर्‍यो।'

उहाँहरुसँग भएको छलफलबारे बालुवाटार स्रोतले भन्यो,  'प्रधानमन्त्री देउवा न्यायालयभित्र देखिएको विवादका विषयमा प्रवेश गर्न चाहनु हुन्न, उहाँ यो विषय न्यायालयबाट नै छिनोफानो होस् भन्ने पक्षमा हुनुहुन्छ ।'

आफू निकट र सहयोग गरेका कानून व्यसायीहरुले आन्दोलनको नेतृत्व  गर्दै सडकमा आएको अवस्थामा प्रधानमन्त्री देउवा यो विषयमा मौन न बस्ने रणनीतिमा देखिनु भएको छ ।  स्रोतले भन्यो, कार्यपालिकाबाट न्यायालयमा हस्तक्षेप गर्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्न ।

यता आन्दोलनलाई आक्रामक बनाउँदै गएका कानून व्यवसायीहरुले आइतबार पनि प्रधान न्यायाधीशलाई सर्वाेच्च अदालत प्रवेशमा अवरोध गर्ने भएका छन् ।