२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा.संज्ञा मल्ललाई राष्ट्रसंघीय महिला प्रहरी अधिकृतको अवार्ड



अ+ अ-

काठमाडौं । प्रहरी उपरीक्षक डा. संज्ञा मल्ल ११औं संयुक्त राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड २०२१ बाट सम्मानित भएकी छन् । 

संयुक्त राष्ट्रसंघ प्रधान कार्यालयका अनुसार मोनुस्को (MONUSCO) मा अनपोल चिफ अफ हेल्थ एण्ड इन्भाईरोमेन्ट यूनिट किन्सासामा हाल कार्यरत प्रहरी उपरीक्षक डा. मल्ललाई उक्त अवार्ड प्रदान गरिएको हो । 

उक्त अवार्ड संयुक्त राष्ट्रसंघीय प्रहरी सप्ताह २०२१ को अवसरमा डा मल्ललाई प्रदान गरिएको जनाइएको छ ।

प्रहरी उपरीक्षक डा. मल्लललाई मोनुस्कोमा कार्यरत रहेदेखि कोभिड–१९ को महामारीको बेला स्वास्थ्य र वातावरण क्षेत्रमा सुम्पिएको जिम्मेवारी गतिशील भई नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको भन्दै उक्त अवार्ड प्रदान गरिएको संयुक्त राष्ट्रसंघ प्रधान कार्यालयले जनाएको छ ।