१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा.संज्ञा मल्ललाई राष्ट्रसंघीय महिला प्रहरी अधिकृतको अवार्ड



अ+ अ-

काठमाडौं । प्रहरी उपरीक्षक डा. संज्ञा मल्ल ११औं संयुक्त राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड २०२१ बाट सम्मानित भएकी छन् । 

संयुक्त राष्ट्रसंघ प्रधान कार्यालयका अनुसार मोनुस्को (MONUSCO) मा अनपोल चिफ अफ हेल्थ एण्ड इन्भाईरोमेन्ट यूनिट किन्सासामा हाल कार्यरत प्रहरी उपरीक्षक डा. मल्ललाई उक्त अवार्ड प्रदान गरिएको हो । 

उक्त अवार्ड संयुक्त राष्ट्रसंघीय प्रहरी सप्ताह २०२१ को अवसरमा डा मल्ललाई प्रदान गरिएको जनाइएको छ ।

प्रहरी उपरीक्षक डा. मल्लललाई मोनुस्कोमा कार्यरत रहेदेखि कोभिड–१९ को महामारीको बेला स्वास्थ्य र वातावरण क्षेत्रमा सुम्पिएको जिम्मेवारी गतिशील भई नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको भन्दै उक्त अवार्ड प्रदान गरिएको संयुक्त राष्ट्रसंघ प्रधान कार्यालयले जनाएको छ ।