१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोप२७ अर्को वर्ष इजिप्टमा हुने



अ+ अ-

ग्लास्गो । जलवायु परिवर्तन सम्वन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अर्को वर्ष इजिप्टमा हुने भएको छ ।  ग्लास्गोमा भएको कोप २६ ले नै कोप २७ इजिप्टमा २०२२ मा गर्नेगरी जिम्मेवारी सुम्पीएको समाचारमा जनाइएको छ ।  

त्यसैगरी कोप २८ भने सन् २०२३ मा संयुक्त अरब इमिरेट्समा गर्ने निर्णय पनि भएको सम्मेलनका आयोजकहरुले जानकारी दिएका छन् । 

कोप २६ मा सहभागी देशहरुले सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने प्रतिवद्धता जनाएका थिए । प्रतिवद्धतामा ८० भन्दा बढी देशहरूले दशकको अन्तसम्ममा मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने अमेरिका र यूरोपीय संघको प्रतिज्ञामा हस्ताक्षर गरेका हुन् ।

त्यसैगरी अमेरिका र चीनले पनि कार्वन उत्सर्जन न्युनिकरणका लागि अपेक्षा गरेभन्दा राम्रो सहमति गरेका छन् । (रासस/एएनआई)