१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

जनगणनाले देशको विकास निर्माणका लागि योजना बनाउन महत्वपूर्ण भूमिका खेल्छः अध्यक्ष तिमिल्सिना

जनगणनाले देशको विकास निर्माणका लागि योजना बनाउन महत्वपूर्ण भूमिका खेल्छः अध्यक्ष तिमिल्सिना
अ अ+ अ-

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनगणनाले देशको विकास निर्माणका लागि योजना बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । 

शुक्रबार आफ्नै सरकारी निवास बालुवाटार पुगेको केन्द्रीय तथ्यांक विभागको टोलीलाई आफ्नो विवरण टिपाइसकेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदैँ उहाँले जनगणनाले देशको विकास निर्माणको योजना तर्जुमा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको हो । जनगणनाको प्रश्नावलीमा धेरै विषयवस्तु समेटिएको भन्दै उहाँले प्रश्न अनुसारको सही उत्तर दिएमा देशको यथार्थ चित्र आउने विश्वास समेत व्यक्त गर्नु भयो । अध्यक्ष तिमिल्सिनाले गणकहरुले मानिसहरुलाई सम्झाएर, बुझाएर यथार्थ तथ्यांक संकलन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘जनगणनाको धेरै ठुलो अर्थ पनि छ । यो राष्ट्रको विकासको सुचकांक हामी कसरी अगाडी बढ्दैछौ, भविष्यमा कहाँ पुग्ने त्यसका लागि विकास निर्माणको योजना निर्माण गर्ने वडा तहदेखि, वस्ती तहदेखि राष्ट्रसम्मको योजना निर्माण गर्नका लागि तथ्यांकको ठुलो महत्व हुन्छ । किनकी यसमा सबै विषयवस्तुलाई समेटेर प्रश्नावली बनाएको छ र त्यो अनुसारको सही उत्तर दिदाँखेरी देशको सही चित्र प्रकट हुनसक्छ । 

यसकारण सबैले गम्भिरतापूर्वक झिझो नमानीकन पहिलो कुरा त गणकहरुले राम्रोसँग त्यहाँको घरबेटीलाई सम्झाउनुपर्ने हुन्छ । कतिपय नबुझ्नु होला, झर्कनुहोला उहाँहरुलाई यसको महत्व बुझाइसक्ने, गोपनीयतापनि रहन्छ । कतिलाई त फेरी त्यसको स्रोतहरु के कसो होला सबै बताउँदा भन्ने पनि डर हुन सक्छ । त्यो बाट मुक्त हुनेकुरा यहाँले प्रशिक्षण गरेर त्यो सबै गर्नुभएको छ । त्यो ढंगले जाँदाखेरी देशको सही तथ्यांक आउँछ । हाम्रो एउटा ऐना हो यो । देशको ऐनामा अनुहार प्रष्ट देखिइसकेपछि जति खुलेर आफ्नो विवरण दिन्छौँ, सफा ऐनामा अनुहार हेरेजस्तो हुन्छ । त्यसो हुनासाथ अब हामी कहाँ छौँ, कसरी अगाडी बढ्ने, कहाँ पुग्छौँ भन्ने कुराहरु सबै त्यहाँबाट लिनसक्ने र यसको ठुलो महत्व छ । यो कुरालाई आत्मासात् गरेर सबै देशबासीहरुले उहाँहरुलाई सहयोग गर्ने, खुलेर आफ्ना कुराहरु राख्ने, सोधेको विवरण राम्रोसँग दिने, त्यो सुरक्षित रहन्छ । गोप्य रहन्छ र त्यो बापत् कुनैखालको अप्ठ्यारो पर्दैन भन्ने कुरालाई पनि म यस सन्दर्भमा राख्न चाहान्छु ।’

अध्यक्ष तिमिल्सिनाले जनगणनामा टिपाएको विवरणहरु गोप्य हुने भन्दै खुलेर आफ्नो सही विवरण गणकलाई टिपाउन पनि सबैलाई आग्रह गर्नुभएको छ । गत कार्तिक २५ गतेदेखि सुरु भएको बाह्रौ राष्ट्रिय जनगणना मंसिर ९ गतेसम्म हुनेछ ।