१४ असार २०८३, आईतवार
,
Latest
सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

छालाका जुत्ता चप्पल मेला सुरु



अ+ अ-

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको व्यापारीक प्रदर्शनी सुरु भएको छ ।

शुक्रबार काठमाण्डौमा एक कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले व्यापारीक प्रदर्शनीको उद्घाटन गर्नुभयो । जुत्ता उद्योगी स्वयंले नै स्टल राखेका कारण प्रदर्शनीमा बजारमा भन्दा सस्तोदरमा जुत्ता पाइने आयोजकले दाबी गरेको छ । 

प्रदर्शनीको उद्घाटन गर्दै उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले भर्खरै करोनाको कहरबाट अर्थतन्त्र पूर्वपत् अवस्थामा फर्कदै गर्दा बैंक तथा वित्तिय संस्थामा देखिएको तरलतालको अभावले अर्थतन्त्र पुनः डामाडोल हुने हो की भन्ने आशंका रहेको बताउनु भयो । 

यो समस्याको समाधानको उपाय समयमा खोज्न नसके उठ्न थालेका उद्योग कहिले पनि उठ्न नसक्ने गरि ढल्ने खतरा रहेको बताउनु भयो । उहाँले हाल बैकिङ्ग क्षेत्रमा देखिएको तरलताको समस्या समाधान गर्न सरकारलाई अनुरोध समेत गर्नुभयो ।

यस्तै, उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्रको व्यापार घाटा कम गर्न सकेसम्म निर्यातलाई बढाउन पर्ने बताउनुभयो । प्रदर्शनी कार्तिक २६ गतेदेखि मंसिर १३ गतेसम्म सञ्चालन हुने छ । 

अवलोकनकर्ताहरुलाई आकर्षित गर्न छाला जुत्ता तथा वस्तुमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा नेपालका चर्चित ३० वटा कम्पनीका एक सय भन्दा धेरै स्टल राखिनेछन् । प्रदर्शनीमा करिब २ करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।

एशोसियसनले बर्षको दुई पटक काठमाडौंमा र हरेक प्रदेशमा बर्षमा एक पटक व्यापारी मेला आयोजना गर्दै आएको छ । एशोसियसनले गत बर्षको माघ फाल्गुणमा पनि मेला आयोजना गरेको थियो । तर, हरेक बर्ष गर्दै आएको राष्ट्रिय औद्योगिक प्रदर्शनी भने विगत २ बर्षदेखि कारोनाका कारण स्थगित गर्दै आएको छ ।