२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायुसेवा निगमका पूर्वअध्यक्षको निधनको कारण खुल्यो



अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत्यु आत्महत्या नभई शारीरिक दुर्वलताका कारण भएको पाइएको छ । चतुर्वेदीले आत्महत्या गरेको भनी आएको समाचारको खण्डन गर्दै उहाँको परिवारले आज पत्रकार सम्मेलन गरी निर्माणाधीन होटलको सात तले भवनको चार तल्लाबाट रिंगटा लागेर अचेत भइ लडेर निधन भएको स्पष्ट पारेको हो । 

असोज २१ गते घटस्थापनाका दिन ७४ वर्षीय चतुर्वेदीको काठमाडौँ महानगरपालिका–७ चावहिलस्थित निर्माणाधीन होटलमा उक्त घटना भएको थियो । रामाज्ञाप्रसादको आत्महत्या भनेर मिडियामा आएपछि परिवारले उहाँको मृत्यु आत्महत्याबाट नभई शारीरिक कारण भएको जनाएको हो । गौतम अग्रवालको निर्माणाधीन होटलको चौथो तलाबाट रामाज्ञाप्रसाद ढलेर सडक शव भेटिएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ‘पोष्ट मार्टम’ गर्दा पनि आत्महत्या नदेखिएको स्व चतुर्वेदीकी श्रीमती आशा चतुर्वेदीले बताउनुभयो । “चतुर्वेदीको निधनबारे विभिन्न सञ्चारमाध्यममा परिवारका सदस्यलाई नसोधी एकतर्फीरुपमा आत्महत्या हुनसक्ने भन्ने खालको भ्रामक समाचारले हामी परिवारका सदस्य झन् विक्षिप्त र मर्माहत भएका छौँ”, उहाँले भन्नुभयो ।

सो दुर्घटना हुनुभन्दा अघिल्लो दिन अर्थात् असोज २० गते कमजोरी महशुस भई रिङ्गटा लागेर चाबहिलको ओम हस्पिटलमा उपचारको क्रममा ल्याब परीक्षण गर्दा रामाज्ञाप्रसादमा सोडिमको कमी र अत्याधिक मधुमेह, उच्च रक्तचाप देखिएको परिवारले जनाएको छ । दुर्घटना हुनुभन्दा तीन साताअघि उहाँको तिलगङगा खाँखा अस्पतालमा मोतिविन्दुको सल्यक्रियासमेत गरिएको थियो । रामाज्ञाप्रसाद तत्कालीन शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष हुनुहुन्थ्यो । त्यस्तै उहाँ होटल तपस र होटल रामानमका पनि अध्यक्ष हुनुहुन्थ्यो ।