१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायुसेवा निगमका पूर्वअध्यक्षको निधनको कारण खुल्यो



अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत्यु आत्महत्या नभई शारीरिक दुर्वलताका कारण भएको पाइएको छ । चतुर्वेदीले आत्महत्या गरेको भनी आएको समाचारको खण्डन गर्दै उहाँको परिवारले आज पत्रकार सम्मेलन गरी निर्माणाधीन होटलको सात तले भवनको चार तल्लाबाट रिंगटा लागेर अचेत भइ लडेर निधन भएको स्पष्ट पारेको हो । 

असोज २१ गते घटस्थापनाका दिन ७४ वर्षीय चतुर्वेदीको काठमाडौँ महानगरपालिका–७ चावहिलस्थित निर्माणाधीन होटलमा उक्त घटना भएको थियो । रामाज्ञाप्रसादको आत्महत्या भनेर मिडियामा आएपछि परिवारले उहाँको मृत्यु आत्महत्याबाट नभई शारीरिक कारण भएको जनाएको हो । गौतम अग्रवालको निर्माणाधीन होटलको चौथो तलाबाट रामाज्ञाप्रसाद ढलेर सडक शव भेटिएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ‘पोष्ट मार्टम’ गर्दा पनि आत्महत्या नदेखिएको स्व चतुर्वेदीकी श्रीमती आशा चतुर्वेदीले बताउनुभयो । “चतुर्वेदीको निधनबारे विभिन्न सञ्चारमाध्यममा परिवारका सदस्यलाई नसोधी एकतर्फीरुपमा आत्महत्या हुनसक्ने भन्ने खालको भ्रामक समाचारले हामी परिवारका सदस्य झन् विक्षिप्त र मर्माहत भएका छौँ”, उहाँले भन्नुभयो ।

सो दुर्घटना हुनुभन्दा अघिल्लो दिन अर्थात् असोज २० गते कमजोरी महशुस भई रिङ्गटा लागेर चाबहिलको ओम हस्पिटलमा उपचारको क्रममा ल्याब परीक्षण गर्दा रामाज्ञाप्रसादमा सोडिमको कमी र अत्याधिक मधुमेह, उच्च रक्तचाप देखिएको परिवारले जनाएको छ । दुर्घटना हुनुभन्दा तीन साताअघि उहाँको तिलगङगा खाँखा अस्पतालमा मोतिविन्दुको सल्यक्रियासमेत गरिएको थियो । रामाज्ञाप्रसाद तत्कालीन शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष हुनुहुन्थ्यो । त्यस्तै उहाँ होटल तपस र होटल रामानमका पनि अध्यक्ष हुनुहुन्थ्यो ।