१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेत्री कंगनालाई देशद्रोहको मुद्दा लगाइयो



अ+ अ-

मुम्बई । बलिउड अभिनेत्री तथा पद्म श्री राष्ट्रिय पुरस्कार विजेता कंगना रनावतलाई आफूले दिएको अभिव्यक्तिले आपत आइलागेको छ । 

कंगनालाई देशद्रोहीको नाममा तत्काल जेल हाल्न भारतका आम आम्दी पार्टीले माग गरेको हो ।

कंगनाले राष्ट्रियता र स्वतन्त्रताविरुद्ध बयान दिएको भन्दै सो पार्टीले उनको पुरस्कार खोस्न माग गरेको छ । अभिनेत्री कंगनाले भारतलाई प्राप्त भएको स्वतन्त्रता ब्रिटिसले भिखमा दिएको भन्दै त्यसको टिप्पणी गरेकी थियन् । उनको त्यो भनाइ यतिबेला निकै विवादमा परेको छ ।

आम आद्मी पार्टीको राष्टिय कार्यकारिणी सदस्य प्रीति शर्मा मेननले मुम्बईको अदालतमा अभिनेत्री कंगनाविरुद्ध देशद्रोहको मुद्दासमेत हालेकी छन् । सो पार्टीले कंगनाको अभिव्यक्तको विरोध गर्दै गर्दा प्रीतिले अदालतमै मुद्दा दायर गरेकी हुन् ।

शहीदहरूको अभिनेत्री कंगनाले अपमान गरेको र देशद्रोही काम गरेको आरोप समेत प्रीतिले लगाएकी छन् । यद्यपि यो विषयमा अभिनेत्री कंगनाले भने कुनै प्रतिक्रिया जनाएकी छैनन् ।