५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेत्री कंगनालाई देशद्रोहको मुद्दा लगाइयो



अ+ अ-

मुम्बई । बलिउड अभिनेत्री तथा पद्म श्री राष्ट्रिय पुरस्कार विजेता कंगना रनावतलाई आफूले दिएको अभिव्यक्तिले आपत आइलागेको छ । 

कंगनालाई देशद्रोहीको नाममा तत्काल जेल हाल्न भारतका आम आम्दी पार्टीले माग गरेको हो ।

कंगनाले राष्ट्रियता र स्वतन्त्रताविरुद्ध बयान दिएको भन्दै सो पार्टीले उनको पुरस्कार खोस्न माग गरेको छ । अभिनेत्री कंगनाले भारतलाई प्राप्त भएको स्वतन्त्रता ब्रिटिसले भिखमा दिएको भन्दै त्यसको टिप्पणी गरेकी थियन् । उनको त्यो भनाइ यतिबेला निकै विवादमा परेको छ ।

आम आद्मी पार्टीको राष्टिय कार्यकारिणी सदस्य प्रीति शर्मा मेननले मुम्बईको अदालतमा अभिनेत्री कंगनाविरुद्ध देशद्रोहको मुद्दासमेत हालेकी छन् । सो पार्टीले कंगनाको अभिव्यक्तको विरोध गर्दै गर्दा प्रीतिले अदालतमै मुद्दा दायर गरेकी हुन् ।

शहीदहरूको अभिनेत्री कंगनाले अपमान गरेको र देशद्रोही काम गरेको आरोप समेत प्रीतिले लगाएकी छन् । यद्यपि यो विषयमा अभिनेत्री कंगनाले भने कुनै प्रतिक्रिया जनाएकी छैनन् ।