१४ असार २०८३, आईतवार
,
Latest
सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी निकट पत्रकारहरुलाई जाँड-रक्सी नखान माधव नेपालको निर्देशन



file photo
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरुलाई जाडरक्सी नखान निर्देशन दिनु भएको छ । 

अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरुले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने बताउनु भयो । पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जाडरक्सी खाँदै नखान र राम्रो काम गरेर देखाउन पनि पत्रकारहरुलाई आग्रह गर्नु भयो । 

अध्यक्ष नेपालले भन्नुभयो, ‘तपाईहरुमा पनि साँझ पर्ने वित्तिकै पाँचतारे होटल धाईधाईकन नखाईकन निन्द्र नलाग्ने अवस्था पक्कै पनि छैन होला । यो कुरा भएको थाहा पाए भने म राम्रो मान्दिन । तपाईको स्वास्थ्यलाई पनि काम गर्छ । म सझुाव दिन चाहन्छु–रक्सीले मान्छेको स्वास्थ्य खत्तम पार्छ । आयू घटाउँछ, रोग निम्त्याउँछ । रोगी बन्नु हुन्छ तपाई । तपाईको पैसाको दूरुपयोग हुन्छ । तेस्रो घर कलह सुरु हुन्छ । त्यसपछि तपाईको खराव बानीव्यहोरा छोराछोरीमा जाने डर हुन्छ । 

त्यसले समाजमा ठूलो विकृति बढदछ । समाजमा कलह पैदा हुन्छ । त्यसो हुनाले व्यक्तिको प्रतिष्ठा बढदैन । सम्मान बढदैन । जाडरक्सी खायो भने प्रतिष्ठा बढला भन्ने नठान्नू होला । विहान उठने वित्तिकै एक प्याक ल्याउ भन्नेहरु हुन्छन । त्यो हो भने ठिक हुँदैन । खाँदै नखानुस् पहिलो कुरा । नखाए तपाईँको वेट घटदैन । राम्रो चिज खानुस् । राम्रो स्वास्थ्य बनाउनुस । तगडा हुनुस् । दिगाग तिखो बनाउनु र राम्रो काम गर्नुस् ।’

अध्यक्ष नेपालले लेखनमा, भाषणमा र नयाँ सूचना प्रवृतिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारहरुलाई आग्रह गर्नु भयो । उहाँले आफ्नो पार्टीले जनतालाई न्याय, समानता र समृद्धि दिलाउने गरी समाजवादको यात्रा तय गरेको दावी गर्नु भयो । त्यसका लागि अहिले पनि व्यक्तिवाद, निरंकुशतावादविरुद्धको लडाई लडिरहनु परेको अध्यक्ष नेपालको भनाई थियो ।