१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

माग सम्बोधन नभए मंसीर १ गतेदेखि अनसन र धर्नामा बस्ने डडेल्धुरा कांग्रेस सभापतिको चेतावनी

माग सम्बोधन नभए मंसीर १ गतेदेखि अनसन र धर्नामा बस्ने डडेल्धुरा कांग्रेस सभापतिको चेतावनी
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लले जिल्लाका वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सम्बोधन नभए मंसीर १ गतेदेखि पार्टी केन्द्रिय कार्यालयमा अनसन र धर्नामा बस्न बाध्य हुने चेतावनी दिनु भएको छ । 

सभापति कर्णले शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी अव बस्ने पार्टीको केन्द्रिय कार्य समितिले आफूहरुको माग सम्बोधन नगरे पार्टी केन्द्रिय कार्यालयमै धर्ना र अनसनमा बस्न बाध्य हुने चेतावनी दिनु भएको हो । उहाँले पार्टी जिल्ला कार्य समितिले स्थगन गर्न लिखित रुपमै पार्टीका केन्द्रिय सभापति शेरबहादुर देउवा र केन्द्रिय निर्वाचन समितिलाई लिखित रुपमै उजुरी गर्दा पनि त्यसको सुनुवाई नभई सत्ता र शक्तिको दूरुपयोग गरेर वडा अधिवेशन र पालिका अधिवेशन गरिएको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘अवैधानिक ढंगले भएका वडा र पालिका अधिवेशनहरु खारेज गरी नयाँ अधिवेशनको मिति तय गरि दिनका लागि नेपाली काँग्रेस केन्द्रिय निर्वाचन समिति र पार्टी केन्द्रिय कार्य समितिमा सप्रमाण उजुरी मात्रै पेश गरेनौं । जबकी ११ दिनसम्म नेपाली काँग्रेसको कार्यालय डडेलधुरामा सिंगो पार्टी अनसन बस्यो । उक्त अनसनको कार्यक्रमलाई डडेलधुराका हजारौं पार्टी कार्यकर्ताले र महत्वपूर्ण केन्द्रिय नेताज्यहरुको समर्थन र ऐक्यवद्धता हुँदाहुँदै हालसम्म हाम्रा् माग कहीँकतै सुनुवाई नभईसकेपछि नेपाली काँग्रेस डडेलधुराको मिति २०७८म कात्तिक २२ गतेको बैठकबाट डडेलधुरा जिल्लाको सिंगो अभिभावकत्व दिनका लागि हार्दिक अनुरोध गर्दै सम्माननीय प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रिय सभापति श्री शेरबहादुर देउवाजीलाई लिखित पत्र पठाएर आग्रह गरेका छौं ।

आगामी बस्ने केन्द्रिय कार्य समितिको बैठकमा हाम्रो मागलाई सम्बोधन नगरिए मिति २०७८ मंसीर १ गतेदेखि नेपाली काँग्रेस केन्द्रिय कार्यालय सानेपामा धर्ना र अनसनका कार्यक्रमहरु अगाडि बढाउने व्यहोरासमेत यसैप्रेस विज्ञप्तीमार्फत् जानकारी गराउँदछौं ।’

सभापति मल्लले केन्द्रिय निर्वाचन समितिले पनि सभापति देउवाको निर्देशनमा आफूहरुको मागको सुनुवाई समेत नगरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सबै जिल्लामा जिल्ला कार्य समितिको निर्देशन अनुसार वडा तथा पालिका अधिवेशनहरु हुने तर डडेलधुरामा किन नहुने भन्दै पार्टीका केन्द्रिय सभापति देउवा र केन्द्रिय निर्वाचन समितिलाई प्रश्न समेत गर्नु भयो । सभापति मल्लले क्रियाशील सदस्यताको विवाद समाधान नभई आफ्नो जिल्लामा गरिएका वडा तथा पालिका अधिवेशनहरु मान्य नहुने अडान समेत दोहो¥याउनु भयो ।

नेपाली काँग्रेसको वडा अधिवेशन हुन नसकेका जिल्लाहरुमा शनिबार सुरु भएको छ । नेपाली काँग्रेसको १४ औं केन्द्रिय महाधिवेशन मंसीर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ ।