१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्छः नेता केसी

न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्छः नेता केसी
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्ने बताउनुभएको छ । 

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश ९क०ले आज यहाँ आयोजना गरेको ‘क्षेत्रीय प्रतिनिधिको परिचयात्मक तथा चियापान’ कार्यक्रममा उहाँले न्यायालयको झगडा अन्त्यका लागि सरकारले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग गठन गर्नुपर्ने बताउनुभएको हो ।

“सत्य र न्यायका पक्षमा लड्ने वकिलबीच एकापसमा झगडा हुनु दुःखद् हो, सरकार न्यायालयभित्रको झगडामा बोल्नुपर्छ”, उहाँले भन्नुभयो । पार्टीका पूर्वसहमहामन्त्रीसमेत रहनुभएका नेता केसीले पार्टीभित्र वैचारिक आन्दोलन आवश्यक रहेको बताउँदै पार्टी नेताले होइन, नीतिले, व्यक्तिले होइन, विचारले चल्नुपर्नेमा जोड दिनुभयो । 

कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले सहमतिमा पार्टीका अधिवेशन सम्पन्न गरेर कांग्रेसलाई बलियो बनाउनुको विकल्प नरहेको बताउनुभयो । एकताबद्ध पार्टी निर्माण भएमात्र निर्वाचनमा कांग्रेसलाई कुनै पार्टीले हराउन नसक्ने उल्लेख गर्दै उहाँले सामूहिक नेतृत्व छनोट गर्नुपर्ने बताउनुभयो । पार्टीका नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जटिल परिस्थितिमा हुनलागेको महाधिवेशनको कार्यतालिका अब परिवर्तन हुन नसक्ने भन्दै महाधिवेशनमा होमिन आम कार्यकर्तालाई आग्रह गर्नुभयो । 

कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गी, बागमती प्रदेशसभा सदस्य जीवन डङ्गोल, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी ‘श्रेष्ठ’, कांग्रेस काठमाडौँ महानगरपालिकाका सभापति निलकाजी शाक्य, महाधिवेशन प्रतिनिधि इन्द्रमान महर्जन, कृष्णमान महर्जन, कांग्रेस काठमाडौँ महानगरपालिका–२६ का उपसभापति गणेश रिजाललगायतले पार्टीको अधिवेशनको आन्तरिक प्रतिस्पर्धालाई आम निर्वाचनमा लगेर पोख्न नहुने बताउनुभयो । 

कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश ९क०का सभापति एवं काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले पार्टीलाई संस्थागत ढङ्गले अगाडि बढाउनका लागि अधिवेशनमा सक्षम व्यक्तिलाई टिकट दिनुपर्ने बताउनुभयो । नेताको चाकडी गरेर टिकट लिने परिपाटीको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।