काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या आएपछि उनी ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।
उनको सचिवालय स्रोतका अनुसार उच्च रक्तचाप र स्वास्थ्यमा सामान्य समस्या देखिएपछि दाहाल अस्पताल भर्ना भएका हुन् ।
उनको स्वास्थ्यमा समस्या देखिएपछि महोत्तरीमा आज हुने भनिएको निर्धारित कार्यक्रमहरु स्थगित गरिएको थियो । उनी बिहानैदेखि खुमलटारस्थित आफ्नो निवासमा चिकित्सकहरुको निगरानीमा रहेका थिए।











