१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजपोलार सहकर्मी उज्वल केसीलाई पितृशोक



अ+ अ-

काठमाडौं । न्यूजपोलार सहकर्मी उज्वल केसीलाई  पितृशोक परेको  छ। उज्वलका पिता केशव केसीको ६० वर्षको उमेरमा आज हृदयाघातका कारण निधन भएको छ । बासबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा बिहान ११ बजे हृदयाघातको शल्यक्रिया गर्ने क्रममा केसीको निधन भएको हो ।

केसीले चौबीस बर्ष राष्ट्रिय समाचार समिति (रासस)मा सेवा गर्नुभएको थियो । उहाँका श्रीमती, एक छोरा र तीन छोरी छन् । केसीको आजै अन्त्येष्टि गरिएको छ । न्यूजपोलार परिवार केसीप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दछ ।