१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनः गोरखाबाट १५ प्रतिनिधि सर्वसम्मतिले चयन



अ+ अ-

गोरखा । नेकपा एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि गोरखाबाट १५ प्रतिनिधि सर्वसम्मतिले चयन भएका छन् । शनिबार भएको भेलाले खुलातर्फ सुरेन्द्रबहादुर थापा, कृष्ण नेपाली, गोपाल पाण्डे, सुरेश श्रेष्ठ, मोहन भट्टराई, विशाल थापा, प्रेम गुरुङ, बावुराम थापा, हरि काफ्ले र कमल दानीलाई चयन गरेको हो । 
 
यस्तै महिलातर्फ सम्झना देवकोटा, मिना बरामु, पार्वती पाठक र रुपा पन्त चयन भएका छन् भने दलिततर्फ  काजीराम रोका चयन भएका छन् ।  एमालेको राष्ट्रिय महाधिवेशन यही मंसीर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ । महाधिवेशनमा १९९९ जना प्रतिनिधिहरु सहभागी हुनेछन् ।