१० असार २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–चीन सम्बन्ध सफल बनाउन अरनिकोको अग्रणी भूमिका: शताब्दी पुरुष जोशी



अ+ अ-

काठमाडौ । वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीले नेपाल र चीनको सम्बन्ध सफल बनाउन अरनिकोले अग्रणी भूमिका निर्वाह गर्नुभएको बताउनुभएको छ । उहाँले अरनिकोको नाममा ग्यालरी खडा गर्न गैरआवासीय नेपाली सङ्घ भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिलाई आग्रह गर्नुभयो । 
 
सङ्घले आज नेपाली भाषा तथा साहित्य अनि संस्कृतिको क्षेत्रमा योगदान पु¥याएका व्यक्तिका नाममा आयोजना गरेको ‘अरनिको अन्तरराष्ट्रिय पुरस्कार समर्पण समारोहमा’ जोशीले अरनिको मुलुककै पहिलो गैरआवासीय नेपाली नागरिक भएको चर्चा गर्नुभयो । 

वरिष्ठ साहित्यकार नयनराज पाण्डेले २०७७ सालमा प्रकाशित कृति सङ्कलन गरी सोमध्ये हरि अधिकारीको रचना उत्कृष्ट हुनुका साथै अरु साहित्यकारले नछोएका कुरा समावेश गरिएको हुँदा पुरस्कारका लागि छनोट गरिएको धारणा राख्नुभयो । सङ्घका भाषा तथा साहित्य समितिका संयोजक हिक्मत थापाले हाल १०० भन्दा बढी मुलुकमा नेपालीको बसोबास रहेको र  उहाँहरुका रचनाको खोजी गर्न जरुरी रहेको बताउनुभयो । सङ्घका पूर्वअध्यक्ष जीवा लामिछानेले मुलुकका शसक्त अनि जुझारु व्यक्तित्व अधिकारीलाई आफूहरुले छनोट गरी पहिलो पुरस्कार प्रदान गर्न पाउँदा प्रसन्नता मिलेको धारणा राख्नुभयो । 

सङ्घका अध्यक्ष कुमार पन्तले कला र संस्कृतिको धनी पाटनमा जोशीद्धार पहिलो पुरस्कारको आरम्भ गर्न पाउँदा हर्षित भएको बताउनुभयो । पुरस्कृृत व्यक्तित्व अधिकारीले सो पुरस्कार पहिलो पटक आफूले पाउँदा खुशी व्यक्त गर्नुभयो । अधिकारी रु दुई लाख नगदसहित पुरस्कृत हुनुभएको हो ।