८ भाद्र २०८३, सोमबार
,
Latest
नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा चिनी (मधुमेह) रोग बालबालिकालाई समेत देखिँदै



अ+ अ-

काठमाडौँ। आइतबार विश्व मधुमेह दिवस मनाइँदै छ । मधुमेहसम्बन्धी जनचेतनामूूलक कार्यक्रम आयोजना गर्दै यो दिवस मनाउन लागिएको हो । यसपटकको नारा ‘मधुमेह उपचारमा पहुँच’ भन्ने रहेको छ । नेपालमा चिनी (मधुमेह) रोग बालबालिकालाई समेत देखापर्न थालेको छ । रामेछापका सिजन सापकोटा अहिले आठ वर्ष हुनुभयो । उहाँलाई मधुमेह देखिएपछि नियमित औषधि सेवन गरिरहनुभएको छ । खाना खाँदा उहाँले अड्कलेरमात्र खानुहुन्छ ।

खाना खान मन त लागेको तर समस्याले गर्दा थोरै खाएर उठ्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ । नेपालमा कुल जनसङ्ख्याको १० प्रतिशत मानिसमा मधुमेह रहेको अनुमान गरिएको छ ।
वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईले पछिल्लो समय मधुमेहका रोगीहरू बढेको बताउनुभयो । उहाँले सुगरको मात्रा धेरै भएर मानिसलाई कुनै असर गर्न नसक्ने भन्दै समय–समयमा सुगरको मात्रा परीक्षण गर्न आग्रह गर्नुभयो । मधुमेह रोग वंशाणुगत रूपमा समेत लाग्ने भन्दै डा। भट्टराईले मधुमेह भएका बाबुआमाका छोराछोरीलाई पनि मधुमेह हुन सक्ने बताउनुभयो । उहाँले बढी तौल भएका मानिसमा मधुमेह देखिने गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार तनाब बढी लिने व्यक्तिलाई पनि मधुमेह हुन सक्छ । डा। भट्टराईले अधिकांश मधुमेह रोगीलाई आफूलाई रोग लागेको पत्तो नहुने बताउनुभयो । उहाँले मधुमेह रोगबाट बच्न नियमित व्यायाम गर्नुपर्ने, सन्तुलित भोजन, चिकित्सकको परामर्शअनुसार रोगलाई नियन्त्रणमा राख्नुपर्ने बताउनुभयो ।
डा। भट्टराईले यसमा हेलचेक्र्याइँ गरेर बस्दा मिर्गौला फेल हुने, मुटुको रोग, पक्षघात, अन्धोपनजस्ता समस्या देखिन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने बताउनुभयो । ५० प्रतिशत बिरामीलाई मधुमेह भएको थाहा नहुने भन्दै डा। भट्टराईले मधुमेहको जोखिम बढेसँगै यसको दीर्घकालीन असर प्रत्येक परिवारमा देखिने बताउनुभयो ।

पोषणविद् प्राध्यापक डा। जया प्रधानले मधुमेहका बिरामीले सधँै स्वस्थकर खाना खानुपर्नेमा जोड दिनुभयो । उहाँले मानिसको शरीरमा क्यालोरी बढी भयो भने शरीरमा सञ्चित हुने र मोटोपन बढ्दै जाँदा मधुमेह हुन सक्ने बताउनुभयो । छिनछिनमा पिसाब लाग्नु, पिसाब गरेको ठाउँमा कमिला देखिनु, धेरै भोक तथा प्यास लाग्नु, विनाकारण तौल घट्दै जानु, थकाइ धेरै लाग्नु, घाउ–खटिरा सजिलै ठीक नहुनु, सङ्क्रमण भइरहनु, हातखुट्टा झमझमाउनु, पैताला पोल्नु, जिउ चिलाउनु, दीर्घकालीन अवस्थामा मिर्गौला, आँखा, स्नायु, मुटु र रक्तनलीमा असर गर्छ ।

मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले मानिसमा चिनीको मात्रा बढी भएमा मधुमेह रोग लाग्ने जानकारी दिँदै मधुमेहलाई नियन्त्रणमा राख्न नसकेको अवस्थामा मिर्गौलामा असर गर्ने बताउनुभयो ।
वीर अस्पतालका मधुमेह रोग विशेषज्ञ डा। दीपक मल्लले मधुमेह व्यवस्थापन आफैँबाट गर्नुपर्ने र रोकथामका लागि सचेतना अपनाउनुपर्ने बताउनुभयो । उहाँले वीर अस्पतालमा आउने १० जना बिरामीमध्ये छ जनामा मधुमेह हुने र ती जटिल अवस्थामा आउने गरेको बताउनुभयो ।

उहाँले आँखाको रेटिनामा असर गरे पनि यसको लक्षण तत्कालै नदेखिने भन्दै आँखामा धेरै असर गरिसकेपछि मात्र रोगका बारेमा थाहा हुने बताउनुभयो । मधुमेह भएको थाहा पाउँदा विकसित मुलुकमा ५ प्रतिशतको आँखामा असर भएको पाइए पनि विकासोन्मुख देशमा यो सङ्ख्या दोब्बर रहेको पाइएको छ । गोरखापत्र दैनिक




भर्खरै