१४ असार २०८३, आईतवार
,
Latest
हामीले असाधारण काम गरेका छौँ, एमालेका नीतिहरू एकदमै सही छन्ः अध्यक्ष ओली अघिल्लो सरकारको पालामा मुलुकलाई ग्रे लिष्टमा पारियो, हामी निकाल्ने क्रममा छौँः अर्थमन्त्री वाग्ले रास्वपाको संघीयता सम्बन्धी प्रश्ताव अवसरवादी र अपरिपक्वः वर्षमान पुन प्रतिगमनविरुद्ध लोकतान्त्रिक वामपन्थी एक हुनुपर्छ : ओली सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत अहिलेको सरकारको प्रमुख प्राथमिकता नै विकास निर्माण होः कानूनमन्त्री गौतम सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत वामपन्थी र देशभक्त शक्तिहरूबीचको एकतामा ढिलाइ गरे ‘भयानक दुर्घटना’ हुनेछः संयोजक दाहाल त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन हामीले मदन भण्डारीको हत्याबारे यथार्थ उजागर गर्न सक्नुपर्दछः माधवकुमार नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारले सर्बोच्चको गेटमा शक्ति प्रदर्शन गर्ने, सर्बोच्चका कर्मचारी पनि आन्दोलित हुँदै



अ+ अ-

काठमाडौं । नेपाल बार एशोसिएसनले आज पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्न प्रयास गर्ने भएको छ । बार महासचिब लिलामणी पौडेलले एक बिज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकाका विभिन्न अदालतमा समेत हातमा कालोपट्टि  बाँधेर बिरोध कार्यक्रममा सहभागी हुन आग्रह गर्नु भएको छ ।

नेपाल बारले  बिगतका जस्तै   सर्वोच्च अदालतमा धर्ना समेत दिने भएको छ । कानुन व्यवसायीहरुले बारको आह्वानमा शुक्रबार सर्वोच्चको मूल गेटमा धर्ना दिएका थिए । आन्दोलनकाबीच प्रधानन्यायाधीश जबरा भने वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए ।

आज पनि प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा रोक लगाउन सर्बोच्चको गेटमा शक्ति प्रदर्शन गर्न लागेको हो । यता आजबाट अदालतका कर्मचारीहरु आन्दोलनमा उत्रिने भएका छन् । न्यायालयलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन नहुने भन्दै बिरोधमा उत्रन लागेको हो ।