रौतहट: रौतहटको चन्द्रनिगाहपुरबाट सदरमुकाम गौर जाँदै गरेको कार दुर्घटना हुँदा त्यसमा सवार चार जना भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
झुन्खुन्वा चोकनजिक शनिबार राति भारतीय नम्बरको कार दुर्घटना भएको थियो ।
दुर्घटना शनिबार राति करिब सवा १० बजे दुर्घटनाग्रस्त भएको प्रहरीको भनाई छ । तीव्र गतिमा रहेको कार अनियन्त्रित भई सडक पेटीभन्दा करिब २० मिटर तल पानीमा डुबेको थियो । कारको सबै भाग पानीमा डुबेका कारण कार भित्रका मानिसहरुको निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरियाले कार भित्रका सबैको मृत्यु भएको बताउँदै दुर्घटनाका बारेमा अनुसन्धान गरी मृतकको पहिचान पत्ता लगाउन प्रयास भइरहेको बताउनुभयो ।