५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार दुर्घटनामा चार भारतीय नागरिकको मृत्यु



अ+ अ-

रौतहट: रौतहटको चन्द्रनिगाहपुरबाट सदरमुकाम गौर जाँदै गरेको कार दुर्घटना हुँदा त्यसमा सवार चार जना भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

झुन्खुन्वा चोकनजिक शनिबार राति भारतीय नम्बरको कार दुर्घटना भएको थियो ।

दुर्घटना शनिबार राति करिब सवा १० बजे दुर्घटनाग्रस्त भएको प्रहरीको भनाई छ । तीव्र गतिमा रहेको कार अनियन्त्रित भई सडक पेटीभन्दा करिब २० मिटर तल पानीमा डुबेको थियो । कारको सबै भाग पानीमा डुबेका कारण कार भित्रका मानिसहरुको निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरियाले कार भित्रका सबैको मृत्यु भएको बताउँदै दुर्घटनाका बारेमा अनुसन्धान गरी मृतकको पहिचान पत्ता लगाउन प्रयास भइरहेको बताउनुभयो ।