१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारको अबरोधबीच प्रधानन्यायाधीश सर्वाेच्चमा, कानून व्यवसायीहरु संयमित हुन प्रहरीको अपिल



अ+ अ-

काठमाडौं I प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आज पनि कानून व्यवसायीहरुले  प्रदर्शन गरेका छन् । सर्वाेच्च अदालतको मूल प्रवेशद्वार अगाडि प्रदर्शन गरेर बाटो अबरोध गरेपछि प्रधानन्यायाधीश राणा महान्यायाधीवक्ताको कार्यलयसँगै रहेको सर्वाेच्च अदालतको अर्को गेटबाट कार्यालय प्रवेश गर्नु भएको छ ।

शुक्रबार पनि मूल प्रवेशद्वारमा कानून व्यवसायीहरुले प्रदर्शन गरेपछि राणा सोही गेटबाट अदालत प्रवेश गर्नु भएको थियो ।  यसैबीच सुरक्षाकर्मीले प्रदर्शनमा उत्रिएका कानून व्यवसायीलाई संयमित हुन अनुरोध गरेको छ ।  

प्रदर्शनमा सहभागी केही कानून व्यवसायीहरु उत्तेजित हुँदै बसिरहेको स्थानबाट प्रधानन्यायाधीशलाई अवरोध गर्न जान खोजेपछि प्रहरीले संयमित हुन चेतावनी दिएको हो । संयमित प्रदर्शन नगरे बल प्रयोग गर्ने चेतावनी पछि प्रदर्शन केही संयमित बनेको थियो ।

शुक्रबार रामशाहपथ स्थित मुलबाटोमा नै प्रदर्शन गरेका कानून व्यवसायीहरुले आज पनि सर्वाेच्चकाे परिसरमा प्रदर्शन गरेका छन् ।