५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारको अबरोधबीच प्रधानन्यायाधीश सर्वाेच्चमा, कानून व्यवसायीहरु संयमित हुन प्रहरीको अपिल



अ+ अ-

काठमाडौं I प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आज पनि कानून व्यवसायीहरुले  प्रदर्शन गरेका छन् । सर्वाेच्च अदालतको मूल प्रवेशद्वार अगाडि प्रदर्शन गरेर बाटो अबरोध गरेपछि प्रधानन्यायाधीश राणा महान्यायाधीवक्ताको कार्यलयसँगै रहेको सर्वाेच्च अदालतको अर्को गेटबाट कार्यालय प्रवेश गर्नु भएको छ ।

शुक्रबार पनि मूल प्रवेशद्वारमा कानून व्यवसायीहरुले प्रदर्शन गरेपछि राणा सोही गेटबाट अदालत प्रवेश गर्नु भएको थियो ।  यसैबीच सुरक्षाकर्मीले प्रदर्शनमा उत्रिएका कानून व्यवसायीलाई संयमित हुन अनुरोध गरेको छ ।  

प्रदर्शनमा सहभागी केही कानून व्यवसायीहरु उत्तेजित हुँदै बसिरहेको स्थानबाट प्रधानन्यायाधीशलाई अवरोध गर्न जान खोजेपछि प्रहरीले संयमित हुन चेतावनी दिएको हो । संयमित प्रदर्शन नगरे बल प्रयोग गर्ने चेतावनी पछि प्रदर्शन केही संयमित बनेको थियो ।

शुक्रबार रामशाहपथ स्थित मुलबाटोमा नै प्रदर्शन गरेका कानून व्यवसायीहरुले आज पनि सर्वाेच्चकाे परिसरमा प्रदर्शन गरेका छन् ।