१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश राणाबाट २७२ थान मुद्दाको पेशी तोकियो



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आइतबारका लागि १० वटा बिभिन्न इजलास तोक्नु भएको छ ।  आज भने प्रधानन्यायाधीश राणाले आफूलाई भने ईजलास तोक्नु भएको छैन । प्रधानन्यायाधीश राणाले आइतबारका लागि ८ संयुक्त र २ एकल इजलासमा २७२ थान मुद्दाको पेशी तोक्नु भएको छ । 

नेपाल बारको अबरोध बिच सर्बोच्च अदालत प्रबेश गर्नुभएका  राणााले  न्यायाधीशहरू दीपककुमार कार्की र आनन्द मोहन भट्टराई, मिरा खड्का र हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मलता माथेमा, बमकुमार श्रेष्ठ र हरिप्रसाद फुँयाल, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदी, प्रकाशमान सिंह राउत, कुमार रेग्मी र कुमार चुडाल, तेजबहादुर केसी र मनोजकुमार शर्मालाई इजलास तोक्नु भएको छ ।

प्रधानन्यायाधीश राणाले बन्दीप्रत्यक्षीकरण बाहेकका अन्य मुद्दाहरू पनि तोक्नु भएको छ । तर न्यायधीशहरुले निरन्तर ईजलाश बहिष्कार गर्दे आईरहेका छन् ।