१४ असार २०८३, आईतवार
,
Latest
हामीले असाधारण काम गरेका छौँ, एमालेका नीतिहरू एकदमै सही छन्ः अध्यक्ष ओली अघिल्लो सरकारको पालामा मुलुकलाई ग्रे लिष्टमा पारियो, हामी निकाल्ने क्रममा छौँः अर्थमन्त्री वाग्ले रास्वपाको संघीयता सम्बन्धी प्रश्ताव अवसरवादी र अपरिपक्वः वर्षमान पुन प्रतिगमनविरुद्ध लोकतान्त्रिक वामपन्थी एक हुनुपर्छ : ओली सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत अहिलेको सरकारको प्रमुख प्राथमिकता नै विकास निर्माण होः कानूनमन्त्री गौतम सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत वामपन्थी र देशभक्त शक्तिहरूबीचको एकतामा ढिलाइ गरे ‘भयानक दुर्घटना’ हुनेछः संयोजक दाहाल त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन हामीले मदन भण्डारीको हत्याबारे यथार्थ उजागर गर्न सक्नुपर्दछः माधवकुमार नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी विश्वकप फाइनल आजः उपाधिका लागि अष्ट्रेलिया र न्युजिल्याण्डबीच भिडन्त



अ+ अ-

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आज अष्ट्रेलिया र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । दुबईको इन्टरनेशन क्रिकेट मैदानमा फाइनल खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।

दुबै टिम पहिलो पटक टी–ट्वान्टी विश्वकपको उपाधि उचाल्ने योजनामा हुनेछन् ।

यसअघि सन् २०१० को संस्करणमा अष्ट्रेलिया फाइनल पुगेको थियो भने फेरि दोस्रो पटक टी–ट्वान्टी विश्वकपको उपाधि जित्ने दाउमा अष्ट्रेलिया रहेको छ । 

यता न्युजिल्याण्ड भने पहिलो पटक फाइनल पुगेको हो । यसअघि न्युजिल्याण्डले सेमिफाइनलसम्मको यात्रा मात्रै तय गरेको थियो ।

जारी प्रतियोगितामा अष्ट्रेलियाले सेमिफाइनलमा पाकिस्तानलाई ५ विकेटले हराएउँदै फाइनल यात्रा तय गरेको हो ।

यस्तै न्युजिल्याण्डले सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले नै पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।