एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आज अष्ट्रेलिया र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । दुबईको इन्टरनेशन क्रिकेट मैदानमा फाइनल खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।
दुबै टिम पहिलो पटक टी–ट्वान्टी विश्वकपको उपाधि उचाल्ने योजनामा हुनेछन् ।
यसअघि सन् २०१० को संस्करणमा अष्ट्रेलिया फाइनल पुगेको थियो भने फेरि दोस्रो पटक टी–ट्वान्टी विश्वकपको उपाधि जित्ने दाउमा अष्ट्रेलिया रहेको छ ।
यता न्युजिल्याण्ड भने पहिलो पटक फाइनल पुगेको हो । यसअघि न्युजिल्याण्डले सेमिफाइनलसम्मको यात्रा मात्रै तय गरेको थियो ।
जारी प्रतियोगितामा अष्ट्रेलियाले सेमिफाइनलमा पाकिस्तानलाई ५ विकेटले हराएउँदै फाइनल यात्रा तय गरेको हो ।
यस्तै न्युजिल्याण्डले सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले नै पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।