काठमाडौं । पछिल्लो दुई सातादेखि आन्दोलनरत नेपाल बार एशोसिएसनले सोमबारदेखि सर्वोच्च अदालत केन्द्रित आन्दोलन गर्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलित बारले सर्वोच्च केन्द्रित गर्न लागेको हो । आज (आइतबार) बारको आह्वानमा कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा धर्ना दिएका थिए ।
भोलि सोमबारदेखि उपत्यकाका सबै आन्दोलन सर्वोच्च परिसरमै केन्द्रित हुने बारका महासचिव लीलामणि पौड्यालले बताएका छन् ।
उनले घुस कमिसनको पैसा लिएर आएकाहरुबाट आन्दोलनलाई अपमान गर्न खोजिएको भन्दै यसविरुद्ध हरेक दिन सर्वोच्चको गेटमा आन्दोलन गर्ने चेतावनी समेत दिए ।