१४ असार २०८३, आईतवार
,
Latest
सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैजुबहाल पार्क शिलान्यास: चैत मसान्तसम्ममा निर्माण सम्पन्न हुने



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरको वडा ७ मा आज मैजुबहाल पार्कको शिलान्यास भएको छ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पार्कको शिलान्यास गर्नुभएको हो । त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष शुद्धकुमार डंगोलसहित जनप्रतिनिधि र स्थानीयबासी सहभागी हुनुहुन्थ्यो । 

५३ लाख ६२ हजार ३ सय रुपैयाँ लागत अनुमान गरिएको पार्क निर्माणका लागि शारदादृेवी कन्स्ट्रक्सनले ३३ लाख ६५ हजार १९२ रुपैयाँमा कवोल गरेको छ । निर्माण पक्षलाई गएको असोज ६ गते कार्यादेश दिइसकिएको छ । आउँदो चैत मसान्तभित्र निर्माण सम्पन्न गरिसक्ने गरी कामको जिम्मा दिइएको हो । 

शिलान्यास अवसरमा बोल्दै प्रमुख शाक्यले, स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, आर्थिक, सामाजिक तथा पर्यटन विकास, सम्पदाको पुननिर्माणलगायत महानगरबासीले आवश्यकता महसुस गरेका सबै क्षेत्रमा काठमाडौँ महानगरले लगानी गरेको बताउनुभयो । ‘स्थानीयले मागेका र विवाद नभएका सबै योजनामा हामीले बजेट उपलब्ध गराएका छौँ । निर्माण पछि सञ्चालन व्यवस्थापनको जिम्मा पनि स्थानीयलाई नै हस्तान्तरण गरेका छौँ ।’ उहाँले भन्नुभयो, ‘कमलपोखरी पुननिर्माण भइसकेको छ । शंखपार्कको सौन्दर्य बढाएका छौँ । यस्तै धेरै पार्कहरु बनेका छन् । तपाईँहरु पनि ती पार्कमा गएर घुम्नोस् । यसले छिमेकी वडामा भएका कामका बारेमा थाहा हुन्छ । यस्तै त्यसको व्यवस्थापन हेरेर आफ्नो ठाउँको विकासमा काम गर्न सकिन्छ ।’

त्यस क्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, खुल्ला ठाउँ बचाएर पार्क बनाउने महानगरको नीति कार्यान्वयनमा आएपछि धेरै ठाउँका खुल्ला क्षेत्र बचाउन सकिएको बताउनुभयो । जनताका आधारभूत र तात्कालीन आवश्यकता पूरा गर्ने त्यसपछि ठूला र महत्वाकांक्षी योजनामा लाग्नु अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले अवस्था र आवश्यकता जोडेर क्रमिक विकासमा लाग्नुपर्ने बताउनुभयो । 

हामीले निर्वाचनकै समयमा यस ठाउँमा पार्क बनाउने भनेका थियौँ । आज निर्माण कार्यका लागि शिलान्यासु भएपछि आफूले बोलेको बचन पूरा हुने चरणमा पुगेको महसुस भएको छ । कार्यक्रममा वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोलले, आफूले सन्तुलित र व्यवस्थित विकास तथा सेवा प्रवाहका लागि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्नुभयो । 
सडक किनारामा रहेको करीव २ रोपनी क्षेत्रफलमा पार्क निर्माण हुनेछ ।