२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधान संशोधनको तयारी गर्दै कांग्रेस



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले महाधिवेशन नजिकिँदै गर्दा विधान संशोधन गरी पदाधिकारी संख्या बढाउने तयारी गरेको छ । आसन्न १४ औं महाधिवेशनमा पदाधिकारीका प्रत्यासी धेरै भएपछि सभापतिमा दाबी गरिरहेका शीर्ष नेताहरू आन्तरिक व्यवस्थापन गर्न कांग्रेस लागिपरेको छ ।

जसअनुसार प्रत्यासीलाई व्यवस्थापन गर्न पदाधिकारी संख्या थप गरी विधान संशोधन गर्नेबारे शीर्ष तहमा संवाद भएको छ । कांग्रेसमा हाल ८ जना सहमहामन्त्री रहने व्यवस्था छ । समावेशी सिटहरु मात्रै भएकोले खुल्ला प्रतिस्पर्धीका लागि पनि २ सिट सहमहामन्त्रीका लागि उपलब्ध गराउने कांग्रेसको तयारी छ । 

अहिले २ जना उपसभापतिको व्यवस्था रहेको कांग्रेसमा दुवै उपसभापति खुल्ला प्रतिस्पर्धाबाट चुनिनेछन् । जसभित्र महिला उपसभापतिको व्यवस्था गर्नपनि कांग्रेसलाई दबाब बढेको छ ।