१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधान संशोधनको तयारी गर्दै कांग्रेस



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले महाधिवेशन नजिकिँदै गर्दा विधान संशोधन गरी पदाधिकारी संख्या बढाउने तयारी गरेको छ । आसन्न १४ औं महाधिवेशनमा पदाधिकारीका प्रत्यासी धेरै भएपछि सभापतिमा दाबी गरिरहेका शीर्ष नेताहरू आन्तरिक व्यवस्थापन गर्न कांग्रेस लागिपरेको छ ।

जसअनुसार प्रत्यासीलाई व्यवस्थापन गर्न पदाधिकारी संख्या थप गरी विधान संशोधन गर्नेबारे शीर्ष तहमा संवाद भएको छ । कांग्रेसमा हाल ८ जना सहमहामन्त्री रहने व्यवस्था छ । समावेशी सिटहरु मात्रै भएकोले खुल्ला प्रतिस्पर्धीका लागि पनि २ सिट सहमहामन्त्रीका लागि उपलब्ध गराउने कांग्रेसको तयारी छ । 

अहिले २ जना उपसभापतिको व्यवस्था रहेको कांग्रेसमा दुवै उपसभापति खुल्ला प्रतिस्पर्धाबाट चुनिनेछन् । जसभित्र महिला उपसभापतिको व्यवस्था गर्नपनि कांग्रेसलाई दबाब बढेको छ ।