१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षा कारबाहीमा भारतको महाराष्ट्रमा २६ नक्साल विद्रोही मारिए



अ+ अ-

एजेन्सी । भारतीय प्रहरीको कारबाहीमा भारतको महाराष्ट्रमा कम्तीमा पनि २६ जना नक्सलाइट विद्रोही मारिएका जनाइएको छ । महाराष्ट्रको गदचिरोली जिल्लामा भारतीय सुरक्षाकर्मीसँग नक्सलाइटको भिडन्त भएको थियो । सो भिडन्तमा परेर कम्तीमा पनि २६ जना नक्सलाइटहरुको ज्यान गएको बताइएको छ । प्रहरीका अनुसार यसक्रममा अरु केही प्रहरी घाइते भएका बताइएको छ ।

महाराष्ट्र प्रहरीका अनुसार उक्त जिल्लाको मार्दिनतोला जङ्गलमा सो भिडन्त भएको थियो । यस भिडन्तका क्रममा मारिएका २६ नक्सालको शव प्रहरीले फेला पारेको जनाएको छ ।कतिपय विद्रोहीहरु भागेका र अरु केही घाइते भएका छन् । सो जङ्गलमा उनीहरु लुकेर बसेका सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको बताइएको छ ।

उक्त जङ्गलमा प्रहरीले केही अघिदेखि खोजी अभियान सञ्चालन गरिरहेको छ । त्यसक्रममा केही हप्ताअघि पनि प्रहरी र नक्सालहरुबीच भिडन्त भएको थियो । उक्त जङ्गलमा प्रहरी टोली पुगेपछि नक्सालहरुले आक्रमण सुरु गरेका बताइएको छ । प्रहरीले ती नक्सालहरुले प्रयोग गरेका हतियारहरु पनि बरामद गरेको जनाएको छ ।

यी नक्सालहरु भारतको मध्य तथा पूर्वी क्षेत्रमा पछिल्ला समयमा सक्रिय रही आएका छन् । ती क्षेत्रहरुमा सुरक्षा व्यवस्था पनि कडा पारिएको भारत सरकारले जनाएको छ ।