१४ असार २०८३, आईतवार
,
Latest
सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनएलाई कुनै दलको भ्रातृ सङ्गठन बनाउन हुँदैन– अध्यक्ष तिमिल्सिना



अ+ अ-

काठमाडौं । राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई कुनै दल विशेषको भ्रातृ सङ्गठनका रुपमा नभई विदेशमा रहेका नेपालीको साझा थलोका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ । 
    
एनआरएनए बेल्जियमद्वारा प्रकाशन गरिएको बेल्जियम दर्पणको आज यहाँ विमोचन गर्दै उपाध्यक्ष तिमिल्सिनाले संस्थालाई कसैले पनि व्यक्तिगत स्वार्थपूर्तिको माध्यम बनाउन हुँदैन भन्नुभयो । 
    
एनआरएनएमा शुद्धीकरणको अभियान बेल्जियमबाटै सुरु गर्न आग्रह पनि उहाँले आग्रह गर्नुभयो । नेपालको प्राकृतिक विपद्, कोरोना सङ्क्रमणजस्ता कठिनाइको अवस्थादेखि विकास निर्माणमा एनआरएनए बेल्जियमबाट महत्वपूर्ण सहयोग प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले संसद्मा विचाराधीन नागरिकतासम्बन्धी विधेयकलाई पारित गराउने विषयमा आफूले सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । 
    
कार्यक्रममा समावेशी आयोगका सदस्य पुष्प तिमिल्सिनाले अध्ययन वा कामको सिलसिलामा विदेश पुगेका जो कोही नेपालीले पनि आफूले आर्जन गरेको ज्ञान र पुँजी स्वदेशमै लगाउनुपर्नेमा जोड दिनुभयो । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा एनआरएनएले पु¥याएको योगदान सम्झनलायक रहेको बताउनुभयो ।  
    
एनआरएनए बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले नेपाली भाषा, कला र संस्कृतिका बारेमा नयाँपुस्तालाई अवगत गराउँदै उनीहरुमा मातृभूमिप्रतिको प्रेम जागृत गराउने उद्देश्यले पहिलोपटक स्मारिका प्रकाशन गरिएको बताउँदै आफ्नो कार्यकालमा संस्थालाई सामाजिक र परोपकारी संस्थाका रुपमा थप उन्नतशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
    
एनआरएनए बेल्जियमका पूर्वअध्यक्ष चित्र सुवेदी, एनआरएनएका अभियन्ता रुद्र शर्मा र संस्थाका सचिव सुभास भट्टले एनआरएनए बेल्जियमका गतिविधि र एनआरएनएमा पछिल्लो समय देखिएका विकृति विसङ्गति अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।